गैरआवासीय नेपालीलाई नेपालसँग जोडिन सहज बनाउने कानुन बनाउन सहयोग गर्छु: सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपालीलाई नेपालसँग जोडिन सहज बनाउने कानुन बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गैरआवासीय नेपालीहरु नेपालसँग जोडिराख्दा मात्रै नेपालले फाइदा लिन सक्ने बताउँदै उनले कानुन निमार्णमा सहयोग गर्ने बताएका हुन्। 

पोखराको रुपाकोटमा गैरआवासिय नेपाली महासंघको अन्तर्राष्ट्रिय समान्वयन परिषद्को बैठकलाई आइतबार संम्बोधन गर्दै सहमहामन्त्री महतले गैरआवासीय नेपाली नागरिकलाई अर्कै देशको नागरिक जस्तो व्यवहार गरेर नेपालबाट टाढा बनाउन नहुनेमा उनले जिकिर गरे। 

नेपालभन्दा बाहिर रहेका गैरआवासीय नेपालीहरुलाई केही लिमिटेसन राख्नुपर्छ। उनले भने यदि लिमिटेसनमा बस्न कोहि मन्जुर छ भने उनीहरुलाई नागरिकता दिनुपर्छ।

अहिले बाहिर रहेका गैरआवासीय नेपालीलाई त्यहाँसम्म पुर्याउने हैसियत नेपाली आमाबुबा र दाजुभाइहरुले नै बनाइदिएको पनि महतले बताए। गैरआवासीय नेपाली नागरिकलाई अर्कै देशको नागरिक जस्तो व्यवहार गरेर ती नेपालबाट टाढा बनाउन नहुनेमा उनले जिकिर गरे। 

नेपालसँग जोडिन सहज बनाउने कानुन बनाउन कहाँ सहयोग गर्नुपर्छ त्यहाँ सहयोग गर्न आफू तयार रहेको उनले बताए।

प्रकाशित मिति: : 2020-01-20 10:03:58

प्रतिकृया दिनुहोस्