प्रदेश १ सरकारमा आइतबार चार जना राज्यमन्त्री थपिँदैछन्। गठन भएको दुई वर्षपछि पहिलो पटक सरकार विस्तार हुन लागेको हो।
दुई वर्षसम्म मन्त्री नियुक्त नभएका दुई मन्त्रालय खाली नै राखेर चार जना राज्यमन्त्री नियुक्तीको तयारी मुख्यमन्त्री शेरधन राईले गरेका छन्। राईले प्रदेश १ मा ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्तीको तयारी गरेको बताइएको छ। नवनियुक्त राज्यमन्त्रीले आइतबार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट सपथग्रहण गर्ने बताइएको छ।
नियक्त हुने चार राज्य मन्त्री मध्ये विश्वास पूर्व माओवादी र अन्य तीन जना पूर्व एमालेबाट हुन्। गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, रानालाई भूमि कृषि तथा सहकारी र विश्वासलाई उद्योग वन पर्यटन तथा वतावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको स्रोतले बतायो।
प्रदेश १ मा रहेका सात मन्त्रालय मध्ये भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री शेरधन राई आफैले हेर्दै आएका छन्। प्रदेशमा अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिक्मत कार्की, समाजिक विकास मन्त्रीमा जीवन घिमिरे, उद्योग वन मन्त्रीमा जगदिश कुसियैत र अर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङबो छन्।
आङ्वो पूर्व माओवादी र अन्य पूर्व एमालेबाट हुन्।