संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित रहेको बताएका छन्।
पर्यटन बिभागद्वारा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुराहरु आए पनि नेपालका हिमाल सुरक्षित रहेको बताएका हुन् । उनले २०२० मा हिमाल आरोहणको अभियानलाई अगाडी बढाउन सरकारले उपयुक्त कार्यक्रमको तर्जुमा गर्ने बताए। उनले नेपालको आर्थिक विकास र पर्यटनका लागि हिमालहरु महत्पूर्ण सम्पत्ति भएको बताए।
मन्त्री भट्टराईले नेपालका हिमालहरुहरुलाई सफाई गर्नका लागि सबै सरोकारवालाहरुको अपनत्वका साथ अघि बढ्नुपर्ने जिकिर गरे। उनले हिमाल सफाइ परिषद् निमार्ण गरेर नै सफाइ अभियानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा कञ्चनजंघा हिमाल सरसफाई अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमाा छलफल भएको थियो।