सरकारले कुनै धर्मलाई पक्षपात गरेकाे छैन: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालमा धार्मिक तथा साांस्कृतिक पर्यटन क्षेत्रको संभावना प्रचुर रहेको बताएका छन्।

शनिबार काठमाडौमा आयोजित कार्यक्रममा उनले नेपालमा पछिल्लो समय धार्मिक तथा साांस्कृतिक पर्यटकको संख्या बढ्दै गएको समेत तर्क गरे। मन्त्री भट्टराईले नेपालमा धेरै नै ऐतिहासीक धार्मिक क्षेत्र रहेको भन्दै त्यसको प्रवद्र्धन गर्नका लागि सरकार प्रतिवद्ध रहेको जिकिर गरे।

नेपाल बहुभाषिक बहुधार्मिक देश भएको भन्दै उनले सरकारले कुनै धर्मलाई पनि पक्षपात नगरेको बताए। मन्त्री भट्टराईले संस्कृति मन्त्रालयले नै सवै सस्कृतिको रक्षा र समद्र्धनका लागि पहल गरेको जानकारी दिए।

कार्यक्रममा बृहत राष्ट्रशान्ति काटीहवन महायज्ञ फाल्गुन १ देखि ९ गतेसम्म चन्द्रागिरी नगरमा हुने जानकारी गराइएको थियो । 

प्रकाशित मिति: : 2020-01-19 08:12:32

प्रतिकृया दिनुहोस्