राष्ट्रिय दलित पत्रकार सङ्घ कर्णालीको अध्यक्षमा सुनार

अध्यक्षमा दैलेखका खगेन्द्र सुनार

फाइल तस्बिर

राष्ट्रिय दलित पत्रकार सङ्घ कर्णाली प्रदेशको अध्यक्षमा दैलेखका खगेन्द्र सुनार सर्वसम्मत चयन भएका छन्। शुक्रबार सुर्खेतमा भएको प्रदेशस्तरीय भेलाले अध्यक्ष सुनार नेतृत्वको १३ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो।

सङ्घको उपाध्यक्षमा सल्यानका भीमबहादुर परियार, महिला उपाध्यक्षमा जाजरकोटका टीका विक, सचिवमा जुम्लाका नौरते नेपाली, सहसचिवमा दैलेखका हिक्मत नेपाली र कोषाध्यक्षमा कालीकोटका अनिता परियार भएकी छन्।

सचिव नेपालीका अनुसार सदस्यमा भने वसन्त बागचन,पवित्रा भियाल, मनबहादुर सार्की,सुभाकर विश्वकर्मा, प्रतिमा परियार,कालीबहादुर नेपाली र  कर्ण विश्वकर्मा चयन भएका छन्।

त्यसै गरी सङ्घले कार्यसमितिको सल्लाहकारमा ललित बसेल, गणेश विसु, मदन विक, वसन्त विकलाई  प्रतिनिधि चयन गरेको छ।

नवगठित प्रदेश कार्यसमितिले राज्यको पहुँचबाट पछाडि र पिँधमा परेका दलित समुदायका मुद्दाहरु मिडियाको मूल प्रवाहमा ल्याउने, योगदानको दस्तावेजीकरण गर्दै दलित पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिने बताइएको छ। 

प्रकाशित मिति: : 2020-01-19 00:42:39

प्रतिकृया दिनुहोस्