ए डिभिजन लिग: जावलाखेल र पुलिस, मनाङ र थ्री स्टार क्लब भिड्दै

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार दुई खेल हुदैछ।

पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।

जावलाखेल र पुलिस क्लब मध्यान्न १२ बजे एन्फा कम्प्लेक्समा भिड्नेछन्। पुलिस ६ खेलमा २ खेलमा जित, २ मा हार, २ बराबरी सहित ८ अंक जोडेर तालिकाको सातौ स्थानमा छ।

जावलाखेल २ खेलमा जित, १ मा हार र ३ बराबरी सहित ९ अंक जोडेर पाँचौ स्थानमा छ।

आजै हुने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।

दशरथ रंगशालामा दुवै टिम दिउँसो ३ बजे आमने सामने हुनेछन्।

मनाङ ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक जोडेर तेस्रो स्थानमा छ।

थ्री स्टार ६ खेल मध्य ३ मा जित, २ हार र १ बराबरी सहित १० अंक जोडर तालिकाको चौथो स्थानमा छ।

प्रकाशित मिति: : 2020-01-18 19:29:06

प्रतिकृया दिनुहोस्