प्रदेश २ मा छोरी जन्मिने परिवारलाई ३ महिना निःशुल्क इन्टरनेट सुविधा

सम्झौंता अनुसार यस अवधिमा जन्मिएका अभिभावकलाई सुबिसुले निःशुल्क इन्टरनेट सेवा दिने भएको छ। 

प्रदेश नम्बर दुईमा मुख्यमन्त्री लालबाबु राउतले सुरु गरेको ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियानमा सुबिसु केबल नेटले पनि सहयोग गर्ने भएको छ।

मुख्यमन्त्री राउतले २०७५ माघ १ यता प्रदेश नम्बर दुईमा जन्मिने छोरीको जीवन बिमा गर्ने घोषणा गरेलगत्तै सुबिसु केबल नेट प्रालि र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबीच सम्झौंता भएको छ। 

सम्झौंता अनुसार यस अवधिमा जन्मिएका अभिभावकलाई सुबिसुले निःशुल्क इन्टरनेट सेवा दिने भएको छ। 

सुबिसुले भनेको छ, ‘छोरीको शिक्षा बिमा अभियानलाई सफल बनाउन यस प्रालिले ती बालिकाका अभिभावकलाई ३ महिना निःशुल्क १५ एमबीबीएस गतिको इन्टरनेट  सुविधा दिने छौं। यसका लागि प्रदेश सरकारसँग पनि सम्झौंता भइसकेको छ।’

मुख्यमन्त्री राउतले बिहीबार नै याे अभियानकाे शुभारम्भ गरिसकेका छन्।
 

प्रकाशित मिति: : 2020-01-17 19:15:28

प्रतिकृया दिनुहोस्