म विश्वकप खेल्ने सम्भावित खेलाडीमा पर्न चाहान्छु: डी भिलियर्स

दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा विश्फोटक ब्याट्सम्यान एबी डी भिलियर्सले टि ट्वान्टी विश्वकप अघि टोलीमा पुनरागमन गर्न चाहेको बताएका छन्। अष्ट्रेलियामा जारी बिग ब्यास लिग ब्रिसबेन हिटबाट खेलेका डी भिलियर्सले अष्ट्रेलियामा आगमी अक्टोबर/नोभेम्बरमा हुने विश्वकप अघि टोलीमा पुनरागमन गर्न चाहेको बताएका हुन्।

‘क्रिकेट डट कम डट एयू’ सँग कुरा गर्दै उनले टोलीमा पुनरागमन गर्न आगमी संस्करणको भारतमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रर्दशन महत्वपूर्ण हुने बताए।

उनले भनेका छन्, ‘म पुनरागमन गर्न चाहान्छु, प्रशिक्षक मार्क बाउचर, कप्तान फाफ डु प्लेसिससँग कुरा गरि रहेको छु। सबै पुनरागमन चाहान्छन्।’

आईपीएल विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बेंग्लोरबाट डी भिलियर्सले खेल्ने छन्।  ‘अझै धेरै समय बाँकी छ र म क्रिकेटमा धेरै गर्न सक्छु, जसको लागि आईपीएलको प्रर्दशन महत्त्वपूर्ण हुने छ। म दक्षिण अफ्रिकाको सम्भावित खेलाडीमा पर्न चाहान्छु।’,उनले भने।

दक्षिण अफ्रिकाका प्रशिक्षक मार्क बाउचरले डी भिलियर्स चाहान्छन् भने पुनरागमन गर्न सक्ने बताउदै आएका छन्। 

स्मरण रहाेस् उनले सन् २०१८ मे मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए। विस्फोटक ब्याट्सम्यान डी भिलियर्स सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी हुन्। उनले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ३१ बलमै शतक पुरा गर्दै यस्तो कीर्तिमान कायम गरेका थिए।

प्रकाशित मिति: : 2020-01-17 13:55:07

प्रतिकृया दिनुहोस्