स्विस राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

स्विट्जरल्याण्डकी राष्ट्रपति सिमोनेता सोमारुगालाई आउँदो अप्रिलमा नेपालमा हुने सगरमाथा सम्वादमा सहभागी हुन निम्तो दिइएको छ। 

नयाँ वर्षको अवसरमा वर्षेनी हुने शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत मणिप्रसाद भट्टराईले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट प्रेषित निमन्त्रणा बारे पुर्नअवगत गराउँदै सोमारुगालाई सहभागी हुन अनुरोध गरेका हुन्। 

राजदूत भट्टराईले आफ्नो फेसबुक पेजमा सोही मौकामा माउन्टेन रिसर्च इनिसियटिभ बर्नकी कार्यकारी निर्देशक क्यारोलिना एड्लरलाई परराष्ट्र मन्त्रीको तर्फबाट सगरमाथा सम्वादको कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिएको बताएका छन्।

प्रकाशित मिति: : 2020-01-16 23:57:37

प्रतिकृया दिनुहोस्