नायिका प्रियंका कार्की ब्याचलर पार्टीका लागि थाइल्याण्डमा

बिएल संवाददाता

काठमाडाै‌ं

नायिका प्रियंका कार्की ब्याचलर पार्टीका लागि भन्दै थाइल्याण्ड उडेकी छिन्। आफ्ना केही साथीसहित ब्याचलर पार्टी मनाउन उनी थाइल्याण्ड उडेकी हुन्।

थाइल्याण्ड उड्नु अगाडि प्रियंकाले–‘कसको ब्याचलर पार्टी हुँदैछ, पत्ता लगाउनुहोस्’ भन्दै फ्यानलाई कौतुहलतामा राखेकी थिइन्। प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरमा उनीहरु मस्ती मुडमा देखिएका छन्। 

नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट भएको लामै समय भैसक्दा पनि बिहे नभएपछि प्रियंका र आयुष्मानको बिषयमा चर्चा चलिरहेको छ।

केही समय अगाडि नायिका प्रियंका कार्कीले आफूले यो बर्ष बिहे नगर्ने बताएकी थिइन्। यसैवीच, उनी ब्याचलर पार्टी भन्दै साथीसहित थाइल्याण्ड उडेपछि आयुष्मान र उनको बिहे फागुनमा हुन लागेको चर्चा समेत चलेको छ।  

प्रकाशित मिति: : 2020-01-16 22:41:17

प्रतिकृया दिनुहोस्