घाटमा जलाउन लगेको महिलाको शव प्रहरीकाे नियन्त्रणमा

मोरङमा घाटमा जलाउन लगेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। घाँटीमा शंकास्पद डाम देखिएपछि विराटनगर महानगरपालिका ८ बलुवाइकी २८ वर्षीया प्रेमदेवी शाहको शव जलाउन लागेको अवस्थामै प्रहरीले नियन्त्रणमा लिएको हो। 

घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए। मृतक शाहको परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको एसपी अधिकारी बताए। 

घाटबाट शब उठाउन आवश्यक प्रकिया गरिरहेको र मुचुल्का तयार गरिरहेको उनले बताए। 
 

प्रकाशित मिति: : 2020-01-16 20:57:40

प्रतिकृया दिनुहोस्