आज मध्य र पश्चिमी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।
महाशाखाले बिहिबार जारी गरेको बुलेटिन अनुसार पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात हुनेछ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका पश्चिमी, मध्य भूभाग र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको जारी बुलेटिनमा उल्लेख गरिएको छ।
यसैगरी, आज दिनभरी मध्य, पश्चिमी भूभाग, पूर्वी पहाडी भूभाग र बाँकी भूभागमा समेत आंशिक बदली हुने पूर्वानुमान गरिएको छ । यसैगरी, पश्चिमी भूभागको केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पूर्वानुमान गएिको छ।
त्यस्तै, आज राति पनि देशका मध्य, पूर्वी स्थानमा पूर्ण बदली हुने र पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली हुनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र मध्य तथा पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको छ।
यस्तै देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न महाशाखाले सर्वसाधारणहरुलाई अनुरोध गरेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २ गते (बिहिबार)
दिउँसो : देशको मध्य तथा पश्चिमी भू-भाग लगायत पुर्वी पहाडी भू्-भागमा सामान्य बदली रही बाँकि भू्-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी/हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको।मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पुर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
माघ ३ गते (शुक्रबार)
दिउँसो : देशको मध्य तथा पुर्वी भू-भागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको।मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभाबना रहिको छ।
माघ ४ गते (शनिबार)
दिउँसो : देशको पश्चिमी भू्-भागमा सामान्य बदली रहि बाँकि भू्-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखीन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
रातीः देशभर आंशिक बदली भई देशका एक दुई स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।