प्रदेश ५ को राजधानी : नेकपाका नेताहरुको कुरो मिलेन, ओली-प्रचण्डको निर्णय कुर्दै

पाँचौँ अधिवेशनबाट राजधानी र नाम जुर्ने

माघ १, २०७६ बुटवल :

सत्तारूढ दलका नेताबीचमै मत विभाजन हुँदा प्रदेश-५ को प्रदेशसभाले स्थायी राजधानी तोक्न सकेको छैन।

मुख्यतः दाङ र बुटवललाई लिएर भेगीय हिसाबले सत्तारूढ दलकै नेताबीच मतभिन्‍नता देखिँदा प्रदेश संसद बनेको दुई वर्ष बितिसक्दा पनि राजधानी तोक्न नसकेको हो। तर, प्रदेशको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षभित्रै प्रदेशले नाम र राजधानी पाउने कुरा उल्लेख गरिए छ।

यस्तोमा पाँचौ अधिवेशनबाट टुङ्गोमा पुग्नुपर्ने नैतिक दबाद मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सभामा छ। यता, संसदीय विषेश समितिले नामकरण र राजधानीका बारेमा तयार पारेको सुझाब प्रतिवेदन प्रदेश सभामुखलाई बुझाइसकेको छ। त्यसैले माघ ५ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा नाम र राजधानीको विषयले प्रवेश पाउने निश्चित छ। 

प्रकाशित मिति: : 2020-01-16 04:19:21

प्रतिकृया दिनुहोस्