निर्माणको अन्तिम चरणमा पुगेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा किन भइरहेको छ ढिलाइ?

काठमाडौं : राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको भैरहवामा निर्माणाधीन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने देखिएको छ।

संरचना तथा पूर्वाधार तयार गर्ने कामको समयावधि लम्बिँदै गर्दा विमानस्थल सञ्चालनमा अर्को वर्ष कुर्नैपर्ने देखिएको छ। विमानस्थल आयोजनाले पूर्वाधार निर्माण पूरा गर्ने समयावधि अझै तीन महिना थप्नुपर्ने देखिएको जनाएको छ ।

'पूरा गर्नुपर्ने समयसीमा आगामी गएको डिसेम्बर १९ (पुस ३) सम्म थियो, काम धमाधम भइरहे पनि मार्च ३१ (चैत १८) सम्म समयावधि थप्नुपर्ने देखियो,' आयोजना प्रमुख प्रवेश अधिकारीले भने, 'अहिलेको गतिमा काम भइरहे आगामी तीन महिनामा पूरा भएर एयरपोर्ट सञ्चालनका लागि तयार हुने देखिन्छ ।' समयसीमा थप्नका लागि मंत्रालयमा पत्राचार गरिएको उनले बताए।

प्रकाशित मिति: : 2020-01-14 20:36:04

प्रतिकृया दिनुहोस्