सरकार संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन गम्भीर बन्नुपर्छ : केन्द्रीय सदस्य कोइराला 

'संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ' उनले भने

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकार संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन गम्भीर बन्नुपर्ने बताएका छन्।

कोइराला निवासमा मंगलबार आयोजित काङग्रेस कार्यकर्ता भेला कर्यक्रमलाई सम्बोधन गर्दै  केन्द्रीय सदस्य कोइरालाले सङ्घीयता बलियो भए मात्र गणतन्त्र बलियो बन्ने बताएका हुन्।

'संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ' उनले भने। कार्यक्रममा बोल्दै उनले उत्पन्न हुन सक्ने कठिन परिस्थितिलाई सामान्य बनाउन सरकारलाई संवेदनशील रहन आग्रह गरे।

'देशमा उत्पन्न हुन सक्ने कठिन परिस्थितिलाई सामान्य बनाउन सरकार संवेदनशील रहन आवश्यक छ' उनले भने।

 

प्रकाशित मिति: : 2020-01-14 18:21:32

प्रतिकृया दिनुहोस्