जनप्रतिनिधि, शिक्षिका र स्वयंसेविका नै छाउगोठमा

नयाँ पत्रिका स्थलगत रिपोर्ट : चेतना फैलाउँदै हिँड्ने अगुवाले नै महिनावारी हुँदा आँगनमा समेत खुट्टा राख्न पाउँदैनन्

छाउगोठ भत्काउन निर्णय गर्ने अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाकी सदस्य यशोदा बोहरा आफैं भने छाउगोठमा

कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्, तर, समाजका यिनै अगुवा महिला आफै भने छाउगोठमै बस्न बाध्य छन् । अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाले २५ पुसमा गाउँपालिकाभरिका छाउगोठ भत्काउने निर्णय गरेको थियो । तर, कार्यपालिकाकै सदस्य यशोदा बोहरा भने अहिले छाउगोठमा छिन् । 

वडा नम्बर ६ बाट सुरु भएको अभियानअन्तर्गत करिब दुई दर्जन छाउगोठ भत्काइसकिएको छ । गाउँपालिकाको मुकाम जयगढ बजारबाट करिब एक किलोमिटर पर तिमिल्सैन गाउँमा रहेको उनको घरनजिकै छाउगोठ छ । टोलका ६ परिवारका महिला महिनावारी हुँदा त्यही छाउगोठमा बस्छन् । नयाँ पत्रिका टिम पुग्दा यशोदा त्यही गोठमा भेटिइन् । ‘घरको आँगनमा समेत पाइला राख्न मिल्दैन । हामी त चेतनशील छौँ, तर परिवारलाई सम्झाउन गाह्रो छ, त्यसैले छाउगोठमा बस्न बाध्य छौँ,’ उनले भनिन् । 

प्रकाशित मिति: : 2020-01-14 14:03:50

प्रतिकृया दिनुहोस्