अभिव्यक्ति रोक्न सूचना प्रविधि विधेयक

विवादास्पद सूचना प्रविधिसम्बन्धी विधेयकको प्रस्तावना नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई सशंकित बनाउने प्रकारको छ । प्रस्तावनामा भनिएको ‘‘...सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गर्न प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकाले..’ भन्ने वाक्यांशले त्यस्तो आशंका उब्जाएको हो । 

सूचना प्रविधिको उच्चतम विकास भइरहेको वर्तमान समयमा नागरिक अभिव्यक्तिका लागि सामाजिक सञ्जाल सबैभन्दा प्राथमिक र प्रिय माध्यम बन्दै गएका छन् । आवाजहीनका आवाज पनि सामाजिक सञ्जालका माध्यमबाट प्रकट भइरहेका छन् । संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको प्रचलनका लागि यी सञ्जालहरू प्रभावकारी र उपयोगी बनिरहेका छन् ।

प्रकाशित मिति: : 2020-01-13 23:56:10

प्रतिकृया दिनुहोस्