नेता पौडेल नयाँ दिल्ली प्रस्थान

नेता पौडेल र सभापति शेरबहादुर देउवाबीच आइतबार भेटवार्ता

फाइल तस्बिर

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।

नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि उनी नयाँदिल्ली प्रस्थान गरेका हुन्।

नयाँदिल्ली बसाईंका क्रममा राजनीतिक भेटघाट पनि हुनसक्ने स्वकीय सचिव अधिकारीले जानकारी दिए।

काँग्रेसको १४औँ महाविधेशनका सम्बन्धमा पार्टीको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा निर्णय गरेपछि नेतृत्वसँग असन्तुष्ट बनेका नेता पौडेल र सभापति शेरबहादुर देउवाबीच आइतबार मात्रै भेटवार्ता भएको थियो। 

प्रकाशित मिति: : 2020-01-13 23:28:13

प्रतिकृया दिनुहोस्