मिडियाको काम घटना सार्वजनिक गर्ने हो, अनुसन्धान होइन : महान्यायधिवक्ता खरेल

घटनाबारे अनावश्यक गिजोलिरहेका कारण अनुसन्धान प्रभावित भएको आरोप उनले लगाए

फाइल तस्बिर

महान्यायधिवक्ता अग्निप्रसाद खरेलले मिडियाको काम अनुसन्धान र कारवाही नभई घटना सार्वजनिक गर्ने भएको बताएका छन्।

झापाको बिर्तामोडमा जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला सरकारी वकिलको कार्यालयले संयुक्त रुपमा आयोजना गरेको ‘कानूनी चिकित्सा र विद्यमान कानूनी' व्यवस्थाबारेमा सरोकार पक्षसँगको अन्तरक्रियामा बोल्दै उनले अनुसन्धान र कारवाही गर्ने काम प्रहरी र सरकारले गर्ने  बताए।

 कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनालाई कोट्याउदै उनले भने, ' घटनालाई प्रभावित पार्ने खालको समाचार सम्प्रेषण नगरी दिन पत्रकारलाई आग्रह गर्दछु।' 

पन्तको घटनाबारे अनावश्यक गिजोलिरहेका कारण अनुसन्धान प्रभावित भएको आरोप उनले लगाए। चिकित्सकले सही प्रतिवेदन नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने उनको भनाई छ। 

' घटनाको प्रकृतिलाई राम्रो अध्ययन र प्रयोगशाला जाँच गरेर प्रतिवेदन नदिए अपराध गर्नेले उन्मुक्ति पाउछ' उनले भने। 

आफुले  चिकित्सकहरुलाई दुरुत्साहन र हतोत्साही नभई प्रोत्साहन गर्न खोजेको भन्दै उनले भने, ‘जुन घटनाको लागि टेस्ट गर्न पठाइएको हो त्यसको बारेमा राम्रो जाँच गरेर जे देखिन्छ त्यही सर्वसाधारणले बुझ्ने अक्षरमा लेखिदिनुस्।'

प्रकाशित मिति: : 2020-01-13 04:33:41

प्रतिकृया दिनुहोस्