प्रतिनिधिसभाको बैठक पुनः स्थगित

पुस ११ गते र १६ गते पनि स्थगित गरिएको थियो

फाइल तस्बिर

आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। उक्त बैठक सूचना टाँसेर माघ ६ गतेसम्मका लागि स्थगन गरिएको हो। 

बैठकको अध्यक्षता गर्ने उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले विशेष कारणले गर्दा सो बैठक स्थगन गरिएको संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।

पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशनअन्तगर्त प्रतिनिधिसभाको बैठक रिक्त सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा राजनीतिक सहमति नहुँदा यसअघि पुस ११ गते र १६ गते पनि स्थगित गरिएको थियो।

सभामुखबारे टुंगो लगाउन भन्दै नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्ड बालुवाटारमा छलफलमा रहेका छन्। सो बैठकमा उपसभामुख  तुम्बाहाम्फे पनि सहभागी छिन्।

 

प्रकाशित मिति: : 2020-01-13 02:45:47

प्रतिकृया दिनुहोस्