नेपालको सडक दुर्घटना विश्वमै डरलाग्दो

काठमाडौं – बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालमा भइरहने सडक दुर्घटकै लागि डरलाग्दो संख्या रहेको देखाएको छ। दुई युनिभर्सिटीले संयुक्त प्रकाशन गरेको चोटपटक र रोगभारसम्बन्धी अध्ययनले सन् २०१७ मा मात्रै नेपालमा १६ हजार आठ सय ३१ जनाको मृत्यु भएको देखिएको हो। यो संख्या सन् १९९० को भन्दा तीन हजार पाँच सयले बढी मानिन्छ। विश्वव्यापी रोगभार अध्ययनको तथ्यांक प्रयोग गरिएको उक्त अध्ययनमा नेपालमा एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मृत्यु हुनेको संख्या पनि बढेको छ। जसमा १५ देखि ४९ वर्षका मानिसको संख्या तीन हजार एक सय रहेको छ। त्यस्तै, सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या तीन हजार चार सय रहेको छ। अध्ययनअनुसार उक्त उमेर समूहका करिब तीन हजार चार सयजनाको सवारी दुर्घटनाबाट मृत्यु भएको थियो भने एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मर्नेको संख्या तीन हजार एक सय रहेको थियो।

प्रकाशित मिति: : 2020-01-12 21:20:22

प्रतिकृया दिनुहोस्