बिएल संवाददाता
इटालियन सिरिए को शीर्ष स्थानमा रहेको इन्टर मिलान बराबरीमा रोकिएको छ।
शनिबार राति भएको खेलमा इन्टरमिलान एटलान्टासँग १–१ गोलको बराबरीमा रोकिँदै अंक बाढ्न पुगेको हो।
घरेलु मैदानमा खेलको चौथो मिनेटमै लउटारो मार्टिनेजले गोल गर्दै इन्टरमिलानलाई सुरूवती अग्रता दिलाए। उनले रोमेलु लुकाकुको पासमा गोल गरेका थिए ।
पहिलो हाफसम्म १-० ले अगाडि रहेको मिलान दोस्रो हाफको ७५औं मिनेटमा बराबरीमा पुग्यो।
रोविन गोसेन्सले एटलान्टाका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए। ८८औं मिनेटमा एटलान्टाले पेनाल्टी पायो। लुइस मुरिलले गरेको प्रहार इन्टरका गोलकिपर समिर हान्डानोभिचले बचाउँदा हारबाट मिलान बच्यो।
बाँकी समयमा गोल हुन नसक्दा इन्टरले अंक बाँढेको हो।
यो बराबरीसँगै इन्टरमिलानको शीर्ष स्थानको पकड कमजोर भएको छ। इन्टरले ४६ अंक बनाएको छ भने एक खेल कम खेलेको युभेन्टसको ४५ अंक छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया