सुलेमानीसँगै अमेरिकाको अर्का जर्नेल अब्दुल रेजालाई पनि मार्ने योजना थियो

वासिङ्टन पोस्टको लेख सार्वजनिक भएपनि यस विषयमा अमेरिकी सैन्य अधिकारीले भने अब्दुल रेजाको विषयमा कुनै प्रतिक्रिया दिएको छैन। 

इरानी जर्नेल कासिम सुलेमानीको हत्याको समय अमेरिकी सेनाले इरानी सेनाका अर्का शक्तिशाली जर्नेल अब्दुल रेजा शाहलालाई पनि मार्ने याेजना बनाएका थिए। तर, उनी ज्यान जोगाएर भाग्न सफल भएको वासिङ्टन पोस्टले आफ्नो लेखमा प्रकाशित गरेको छ। 

अब्दुल रेजामाथि इराकमा अमेरिकी तथा गठबन्धन सेनाविरूद्ध हमलाका लागि निर्देशन दिने गरेकाे आरोप छ। उनले हिंसक बन्दै गएका शिया समूहलाई हतियार र बिस्फोटक सामान उपलब्ध गराउँदै आइरहेको अमेरिकी दावी छ। उनी यमनमा बढी सक्रिय थिए।

अब्दुल रेजाले सन् २००७ मा अमेरिकी सेनाविरूद्ध हमलाको योजना बनाएका थिए। यो हमलामा अमेरिकी सेनालाई सहयोग गर्ने पाँच जनाको ज्यान गएकाे थियो भने धेरै घाइते भएका थिए। 

वासिङ्टन पोस्टको लेख सार्वजनिक भएपनि यस विषयमा अमेरिकी सैन्य अधिकारीले अब्दुल रेजाको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। 

अमेरिकी सेनाको ३ जनवरीको ड्रोन हमलामा बगदाद विमानस्थल नजिकै इरानी सेनाका सुप्रिम कमाण्डर जर्नेल सुलेमानीको हत्या भएको थियो।

सैन्य अपरेशन राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएको थियो। यति बेला सुलेमानी इराकको बगदादमा थिए। उनी दुईवटा गाडीमा निस्फिक्री घुमिरहेका थिए। यति नै बेला हमला भएको थियो। 
 

प्रकाशित मिति: : 2020-01-12 01:01:14

प्रतिकृया दिनुहोस्