आत्मीय गाउँले, रमाइलो होमस्टे

सहरी जीवन सधैं हतारोमा बाँच्छ। जता हेर्‍यो उतै मान्छे, कोलाहल, प्रदुषण, गाडि र घरैघर। व्यस्त दैनिकीबाट केही समय उबारेर यात्रामा निस्कन सके तन र मन दुबैलाई रिचार्ज गर्न सकिन्छ। 

घुमफिरले ऊर्जा बढाउँछ। घुम्न विदेशै जानुपर्छ भन्ने छैन, स्वदेशमै छन् थुप्रै अनुपम गन्तव्य। आधुनिक होटल, लज, रिसोर्ट र रेष्टुँरा सुविधा भएका ठाउँहरू। दुई दशक यता हाम्रो पर्यटनमा नयाँ स्वाद थपिएको छ– ‘होमस्टे’।

स्याङ्जाको सिरुबारीबाट सुरु भएको होमस्टे सुविधासहितको गाउँ पर्यटनको सिको मुलुकभित्रका धेरै गाउँले गरिसकेका छन्। पर्यटकलाई होटलमा होइन आफ्नै घरमा परिवारकै सदस्यका रुपमा सम्मानपूर्व बसाउने सुविधा नै होमस्टे हो। 

पाहुना राख्ने घरमा सफा ओढ्ने÷ओच्छयाउने भएका छुट्टै कोठा हुन्छन्। पाहुनालाई परिवारका सदस्यसँग एउटै भान्छामा खाना खुवाइन्छ। खाना बनाउन, तरकारी केलाउन वा बारीमा काम गर्न पाहुनाले सघाउन सक्छन्।

सहरी भेकका बालबालिकालाई होमस्टेमा राखेर केही दिन गाउँ घुमाउन सके उनीहरू गाउँले जीवनशैली बुझ्न सक्छन्। चामल कहाँबाट आउँछ, गाइभैंसीले दुध कसरी दिन्छन्, तरकारी कसरी फल्छ प्रत्यक्ष देख्न पाउँछन्। उनीहरूका लागि अनौपचारिक पाठशाला हुन् हाम्रा गाउँघर।

होमस्टेमा सित्तैं बस्न पाइँदैन। केही रकम तिर्नुपर्छ। तर, त्यो रकम होटल वा रिसोर्टको भन्दा सस्तो हुन्छ। फरक के पाइन्छ भने होमस्टेमा बनाबटी होइन प्राकृतिक मुस्कान पाइन्छ। पैसाले किन्नै नसकिने आत्मीयता पाइन्छ। 

सिरुबारीलाई पच्छयाउँदै हिमाल, पहाड, तराई सबैतिर होमस्टे खुलेका छन्। गाउँपिच्छे भुगोल, रहनसहन, भेषभुषा, खानपान, इतिहास, संस्कृति आदि केही न केहीमा कुरामा विविधता पाइन्छ। 

यहाँ केही उत्कृष्ट होमस्टे गाउँको चर्चा गरिएको छ।
सिरुबारी ​

गुरुङ जीवनशैली, संस्कृति र आत्मीयताका लागि सिरुबारी प्रख्यात छ। सिरुबारी नेपालको पहिलो पर्यटन गाउँ। होमस्टे पर्यटनको पाठशाला पनि। आँधिखोला गाउँपालिका–१ स्याङ् जाको सुन्दर गुरुङ बस्तीलाई सिरुबारी (१,६१०मिटर) भनिन्छ। जहाँ गुरुङका ३९ घर छन्। ती मध्ये १७ घरमा होमस्टे सुविधा छ। 

होमस्टे पर्यटनको शुभारम्भ सिरुबारीबाटै भएको हो। गाउँको शिरानमा रहेको गोरुजुरे डाँडाबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमालको लामो लर्कन देखिन्छ। गाउँमा जंगल, गुम्बा, गुरुङ संग्रहालय र क्याप्टेन रुद्रमान गुरुङको जन्मघर लगायत सम्पदा छन्। रुद्रमानको जन्मघरलाई पनि संग्रहालयमा रुपान्तरण गर्ने योजना छ। 

दुई राते प्याकेजमा सिरुबारी घुम्नु उत्तम हुन्छ। 

कसरी पुग्ने : काठमाडौं–पोखरा २१० किमि बसमा ६ घन्टा। हवाई यात्रा २५ मिनेट। पोखरा–कार्कीनेटा–सिरुबारी ६४ किमि। पोखराको पृथ्वीचोकबाट बिहान १०ः३०, ११ र दिउसो १ बजे छुट्ने सिरुबारी जाने बस छुट्छन्। बसमा ५ घन्टा। 

सम्पर्क : जुम गुरुङ–९८४६१५९३८८
संयोजक, पर्यटन विकास समिति सिरुबारी



अमलटारी 
चितवनको सौराहा जस्तै वाइल्ड लाइफ गतिविधिका लागि नवलपरासिको अमलटारीले ख्याती कमाएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र कावासोती नगरपालिका–१५ अमलटारीमा थारू, बोटे र मुसहर जातिको बसोबास छ।

गाउँमा केही रिसोर्ट खुलेका छन्। ०७० जेठ ५ देखि बाघखोरमा होमस्टे सुरु गरिएकामा अहिले थारुका २१ र वोटेका ३ गरि २४ घरमा होमस्टे गराइन्छ। होमस्टेमा बसेर सांस्कृतिक कार्यक्रम, सामुदायिक वनमा हात्ती सफारी, नारायणीमा बोटिङ, थारू संग्रहालय भ्रमण, पोखरीमा फिसिङ, जंगलमा बर्ड वाचिङ र होमस्टेमा खाना तथा बास सुविधा लिन सकिन्छ। साँझ सामुदायिक भवनमा चौधरी र बोटे समुदायको नाच देखाइन्छ। 

कसरी पुग्ने : काठमाडौं–अमलटारी १८५ किमि। काठमाडौंबाट लुम्बिनी जाने बसमा कावासोती पर्तिर डन्डा बजारसम्म जाने। डन्डा बजारबाट ६ किमिमा अमलटारी। बजारमा लोकल बस पाइन्छ। त्यसले ४० मिनेटमा थारू भिलेज चोक पु¥याउँछ। 

सम्पर्क : प्रेम शंकर मर्दानी–९८१६४५२९२५। संयोजक, अमलटारी मध्यवर्ति सामुदायिक होमस्टे

घलेगाउँ 


क्होंलासोथर गाउँपालिका–३ लमजुङको बस्तीलाई घलेगाउँ भनिन्छ। गाउँमा गुरुङका ८० र दलितका ४५ घर छन्। त्यहाँ चौबीसे राज्यकालमा घले राजाले शासन गरेका थिए। गाउँमा तिनै राजाको सालिक राखिएको छ। 

गाउँमा उत्तरकन्या मन्दिर, चिया बगान, भ्यू टावर, क्होईबो आदि सम्पदा छन्। त्यहाँबाट झलमल्ल हिमाल देखिन्छ–अन्नपूर्ण, माछापुच्छे«, लमजुङदेखि मनासलु हिमालसम्म। घलेगाउँ नजिकैका घनपोखरा र भुजुङ गाउँ पनि घुम्न लायक छन्। भुजुङमा होमस्टे सुविधा छ। 

घलेगाउँमा ०५७ सालमा १२ घरबाट होमस्टे सुरु गरिएकामा अहिले ३२ घरमा पाहुना राखिन्छ। दुई घर दलितका बाँकी ३० घर गुरुङका। साँझ पाहुनाको माग अनुसार साँस्कृतिक कार्यक्रम देखाइन्छ। 

कसरी पुग्ने : काठमाडौं–बेशिसहर १७२ किमि। काठमाडौंबाट बेशिसहरका लागि बस छुट्छन्। तीनले ५ घन्टामा गन्तव्य पु¥याउँछन्। बेशिसहर–घलेगाउँ २४ किमि। बेशिसहरबाट जीप रिजर्भ गरेर गाउँ जान सकिन्छ। हिँडेर जाँदा ६ घन्टा लाग्छ। 

सम्पर्क : प्रेम घले–९८५६०४५०१२ 
संयोजक, ग्रामीण पर्यटन विकास समिति

 

Rudraman gurung aka father of nepali homestay or father of village tourismफादर अफ भिलेज टुरिजम
क्याप्टेन रुद्रमान गुरुङको जीवनकथा स्कुल÷ कलेजका पाठ्यक्रममा समावेश गर्न सके मात्रै उनीप्रति साँचो श्रद्धाञ्जली हुनेछ।

ग्रामीण पर्यटनका कुरा गर्दा क्याप्टेन रुद्रमान गुरुङको नाउँ सबैभन्दा अगाडि आउँछ। नेपालमा होमस्टे सुविधासहित गाउँ पर्यटनको अबधारणा ल्याउने र त्यसलाई व्यवहारमा लागु गराउने नायक उनै हुन्। 

उनले आफ्नै गाउँ स्याङ्जाको सिरुबारीबाट होमस्टे पर्यटन शुभारम्भ गरेका थिए। हिजोको अनकण्टार गाउँ सिरुबारी आज संसारभर चिनिएको छ। त्यतिमात्र होइन, ग्रामीण पर्यटनको नमूना पाठशाला बनिसक्यो। सिरुबारीको सिको गरेर मुलुकभित्रका धेरै गाउँ पर्यटनको उज्यालोतिर लम्केका छन्। 

पर्यटकलाई होटल तथा लजमा होइन, आफ्नै भान्छामा खुवाएर घरकै कोठामा बसाउने विशिष्ट सुविधालाई होमस्टे (घरबास) भनिन्छ। शिष्ट बोली, पारिवारिक माहोल र आत्मीय व्यवहार होमस्टेका बिशेषता। 

अर्को कुरा होटल÷रेस्टुरेन्टबाट सीमित व्यक्तिले फाइदा पाउँछन्। सामुदायिक होमस्टेमा पाहुना बाँडेर घरघरमा राखिन्छ। यसरी सबैले कमाइको अवसर पाउँदा समाजमा शान्ति हुन्छ। 

सिरुबारी मोडल भिलेज बनिसक्यो। दीगो पर्यटनको सुत्र आँखामा आत्मियता, व्यवहारमा हार्दिकता र इमान्दारी हो। जुन सिरुबारीका गाउँलेमा पाइन्छ। 

अतिथि सत्कारको सिरुबारी प्याकेज आकर्षक छ। मिठो पनि। गाउँलेहरू पाहुनालाई गाउँको प्रवेशद्वारबाटै पञ्चैबाजा र फूलमालाले स्वागत गर्छन। बाजाको धुनसँगै गुम्बामा पु¥याउँछन्। बुद्धको दर्शन गराएर खाजा खुवाउँछन्। घुमफिर योजना बनाउँछन्। अनि पाहुनालाई घरघरमा बाँडिन्छ। र, गाउँ घुमाइन्छ। 

घुम्न मात्र होइन तालिम वा गोष्ठी गर्नु परेपनि संघसंस्था सिरुबारी पुग्छन्। अरु होमस्टे गाउँमा जस्तै सिरुबारीमा पनि धेरैजसो पुग्ने आन्तरिक पर्यटक नै हुन्। बेलाबेलामा विदेशीको समूह पनि आइपुग्छ। 

०५४ असोजमा सिरुबारीलाई नेपालकै पहिलो ग्रामीण पर्यटन गन्तव्य घोषणा गरिएको थियो। त्यस अघि पर्यटनको बिउ रोप्न क्याप्टेन रुद्रमानले निकै संघर्ष गर्नु प¥यो। उनले भारतीय सेनामा हुँदा ०२५ सालमै गाउँ पर्यटनको सपना देखेका थिए। जागिरबाट रिटायर्ड गाउँ फर्केर सामाजिक काममा होमिए। सांसद्समेत बनेर विकासका काममा अगुवाई गरे। 

बिस्तारै गाउँलेलाई बुझाएर ०४८ सालदेखि पर्यटन पूर्वाधार विकासका काममा जोड दिए। र, ०५४ असोजमा आएर मात्र पर्यटन गाउँ घोषणा गर्न सफल भए। माओवादी द्वन्द उत्कर्षमा रहेका बेला पर्यटनको बिउ रोपिएकाले सुरुका केही वर्ष खासै पर्यटक आएनन्। पछि पर्यटक बढ्दै गए। 
क्याप्टेनसाप्ले प्रमाणित गरिदिए कि संसारमा सपना देख्नेहरू नै सफल हुन्छन्। उनले सपना देखे। कर्म गरे। फल फल्यो। त्यो फल हामी सबैले चाख्न पाएका छौं। सिरुबारीको सफलताको कथाले आज देशभर होमस्टेको लहर छाएको छ।

अनकण्टार गाउँलाई पर्यटकीय गन्तव्य बनाउँछु भन्नु आफैंमा दुस्साहस थियो। तर, उनले भिजन मात्र ल्याएनन्, व्यवहारमा लागु गरेरै देखाइदिए। उनले होमस्टे अवधारणा भित्र्याएको एक दशकपछि मात्रै नेपाल सरकारले पर्यटन ऐन ०६५ मा होमस्टेलाई सम्बोधन ग¥यो। यसरी हेर्दा सरकारभन्दा अगाडि देखिए रुद्रमान। 

सरकारले ०६७ सालमा होमस्टे कार्यविधि ल्यायो। तर, उसले गाउँ पर्यटनका नायक रुद्रमानलाई कहिल्यै सम्झेन। कार्यविधिमा सिरुबारीबाट नेपालमा 

होमस्टे सुरु भएको उल्लेख गरिएको छ। तर, कार्यविधि बनाउनेहरूले त्यहाँ क्याप्टेनसाप्को नाउँ उल्लेख गर्न किन चाहेनन् ?

जनस्तरबाट उनलाई गाउँ पर्यटनका नायकको उपाधी दिइयो। तर, राज्यले उनलाई कहिल्यै सम्झेन। अब उनी हामी माझ छैनन्। १५ फागुन २०७२ का दिन ८६ वर्षको उमेरमा उनको निधन भयो।

ग्रामीण पर्यटनको इतिहासमा उनको नाउँ सुनौला अक्षरले लेखिएको छ। गाउँलेले सिरुबारीमा उनको प्रतिमा बनाएका छन्। त्यहाँ उनको जीवनी झल्काउने संग्रहालय आबश्यक छ। उनको जीवनकथा स्कुल÷कलेजका पाठ् यक्रममा समावेश गर्न सके मात्रै गाउँ पर्यटनका अगुवाप्रति साँचो श्रद्धाञ्जली हुनेछ।



डल्ला 
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरद्वारामा पर्यटकीय सुविधाका केही रिसोर्ट र होटल छन्। त्यहीँ पर्तिर डल्ला सामुदायिक होमस्टे छ, मधुवन नगरपालिका–१ मा (साविकको सूर्यपटुवा–४ मा)। 
Tharu-Meseumडल्लामा थारुका २२ र कुमालको एउटा घरमा होमस्टे सुविधा छ। गाउँलेहरू शिव सामुदायिक वनमा पाहुनालाई घुमाउँछन्। त्यसबाहेक निकुञ्जभित्र हात्ती सफारी गर्न सकिन्छ। गाउँलेहरूले ०६७ फागुनबाट होमस्टे चलाएका। 

निकुञ्जमा ५० भन्दा बढी व्यस्क बाघ र २९ भन्दा बढी गैंडा छन्। होमस्टेमा बसेर जंगल सफारी, गोही प्रजनन, थारु संग्रहालय र ठाकुरबाबा मन्दिर दर्शन गर्न सकिन्छ। गाउँलेहरू साँझ सामुदायिक भवनमा सांस्कृतिक कार्यक्रम देखाइन्छ। त्यसमा झुमरा, लठ्ठी, मजिरा र छोकरा नृत्य हुन्छ। 

होमस्टेमा थारु परिकार घोंगी, चिँचर, माछा, लोकल कुखुरा, मुसाको पकुवा, महुवाको रक्सी आदि पाइन्छ।

कसरी पुग्ने : काठमाडौंबाट–ठाकुरद्वारा बसमा १४ घन्टा। पूर्व–पश्चिम राजमार्गको अम्बासाबाट १३ किमिमा ठाकुरद्वारा। ठाकुरद्वारा–डल्ला ५ किमि। नेपालगन्ज–ठाकुरद्वारा ९० किलोमिटर। 
सम्पर्क : परशुराम चौधरी–९८४४८२३३०८
अध्यक्ष, डल्ला सामुदायिक होमस्टे


ठिनी 
जोमसोम बजारबाट दक्षिणपट्टि ठिनी गाउँ (२,८६२ मिटर) छ। घरपझोङ गाउँपालिका–५ मुस्ताङमा पर्ने ठिनीमा थकाली समुदायका सय घर छन्। ठिनीमा मुलुककै पहिलो थकाली सामुदायिक होमस्टे खुलेको छ–विसं २०७४ वैशाखदेखि। गाउँका ५ घरमा होमस्टे सुविधा छ। 

Yak-danceगाउँमा निलगिरी हिमाल, हिउँचितुवा गुफा, ढुम्बा ताल, वोन गुम्बा, कुछब तेरङा गुम्बा, घरपझोङ किल्ला, स्याउ बगान, यारुझु भ्यू प्वाइन्ट, थकाली संग्रहालय आदि छन्। गुरु पद्मसम्भवसँग जोडिएको छ कुछप तेरेङगा गुम्बा। गाउँको शिरानमा रहेको घरपझोङ किल्लामा पुराना घर र दरबारको भग्नावशेष छन्। गाउँबाट तीन घन्टा हिँडे यारुझु भ्यू प्वाइन्ट (३,७५०मिटर) पुगिन्छ। 

कसरी पुग्ने : काठमाडौं–बेनी २८२ किमि। काठमाडौंबाट बसमा ९ घन्टा। बेनी–जोमसोम ७५ किमि। बसमा ६ घन्टा। अथवा पोखरा–जोमसोम हवाई यात्रा १८ मिनेट। जोमसोम–ठिनी २ किमि। ठिनीसम्मै मोटर बाटो छ। जोमसोमबाट हिँडेर ठिनी पुग्न आधा घन्टा। ठिनी–मुक्तिनाथ २२ किमि। 
सम्पर्क : सनप्रसाद थकाली–९८४७६३७९०१
अध्यक्ष, थकाली सामुदायिक होमस्टे


भादा 
थारु जीवनशैलीका लागि कैलालीको भादा गाउँ कहलिएको छ। दंगाली गुरुबा भगौती दासले थारुको मात्रै बस्ती बसालेका थिए। उनकै नाउँ भगौतीको ‘भा’ र दासको ‘दा’बाट गाउँको नाम भादा राखिएको। १३ धुरीबाट बस्ती बसालिएको भादामा आज दुई सय घर पुगिसके। 

local-means-of-transport-at-chitwan-image-buddha-airभादामा ०६७ पुसदेखि होमस्टे सुरु गरिएको। अहिले २० घरमा होमस्टे गराइन्छ। लहरू (गोरु गाडा)मा बसेर गणेश सामुदायिक वन, जोगिन्या ताल, बेहडाबाबा मन्दिर, रामेश्वर मन्दिर, सहदेवा ताल घुम्न सकिन्छ। 

थारू जातिको खानपिन, जीवनशैली, संस्कृतिले लोभ्याउँछ। गाउँलेहरू सखिया, झुमरा, मघौटा, लठौहवा, बैठक्की, मुंग्रहुवा र गुरुवा नाच देखाउँछन्। थारु परिकारमा अण्डिक भात, ढिक्रि, खेरिया, बरिया, पन्झ्रा, अण्डिक रोटी, गंगटा, घोंघी, सुँगुरको मासु, झिँगे माछा आदि परिकार हुन्छ। 

कसरी पुग्ने : काठमाडौं–धनगढी ६७५ किमि। काठमाडौं–धनगढी हवाईयात्रा १ घन्टा १० मिनेट। धनगढीबाट बेली हुँदै भादागाउँ पुग्न १७ किलोमिटर। पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किमि र झिल चौराहाबाट १२ किमि पर्छ। 
सम्पर्क : लक्ष्मीनारायण चौधरी–९७४९०२८००४ 
अध्यक्ष, भादा गाउँ सामुदायिक होमस्टे


नाम्जे 
धनकुटाको नाम्जे गाउँ मगर संस्कृतिले भरिपूर्ण छ। अमेरिकी समाचार संस्था सिएनएनले ०६८ सालमा विश्वका घुम्नैपर्ने १२ वटा गाउँको सूचीमा नाम्जेलाई राखेपछि एकाएक यो गाउँ चर्चामा आयो। 
Namje-village-yatra-magazine-buddha-air-nepal
अग्र्यानिक खाना, मगर संस्कृति र आत्मा बस्ने घर गाउँका विशेषता हुन्। मगरका पुर्खाको लास गाडिएका २१३ चिहानमा भएका ढुंगा बटुलेर अमेरिकी आर्किटेक्टले बनाएको सामुहिक चिहानलाई आत्मा बस्ने घर भनिन्छ।

हुर्रा नाच प्रख्यात छ। गाउँ रमाइलो छ। कृषि कर्ममा भिज्न सकिन्छ। गाउँका ११ घरमा होमस्टे गराइन्छ। त्यहाँ खान र बस्न सस्तो छ।

image-buddha-air-yatra-magazine.jpgभेडेटार हुँदै नाम्जे पुगिन्छ। भेडेटारमा कलाकार रोजन राईले बनाएको अनौठो शंखेश्वर महादेव दर्शन गर्न पाइन्छ। नाम्जेबाट धनकुटाकै राजारानी र ध्वजेडाँडा र जेफाले घुम्न जान सकिन्छ। 

कसरी पुग्ने : काठमाडौं–धरान ५५० किमि। धरान–नाम्जे २१ किमि। काठमाडौंबाट बिहान पाँच र दिउँसो तीन बजे धरान जाने डिलक्स गाडी छुट्छन्। बसमा १२ घन्टा। धरानबाट भेडेटार जान धनकुटा वा राजारानी जाने बस चढ्नुपर्छ या रिजर्भ गर्नुपर्छ।

सम्पर्क : अनिलकुमार राना–९८४२५६३१९९
अध्यक्ष, नाम्जे सामुदायिक होमस्टे


गुम्बा डाँडा 
पूर्वको प्रख्यात तीर्थस्थल पाथीभरा जाने बाटोमा होमस्टे सुविधा छ। ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट ४ किमि माथि गुम्बाडाँडामा। ताप्लेजुङ नगरपालिका–६ मा पर्ने डाँडामा गुरुङका ९० घर छन्। त्यहाँका १० घरमा होमस्टे गराइन्छ। गाउँमा गुरुङ संग्रहालय, महादेव पोखरी, मन्दिर, गुम्बा र ग्रामीण जीवनशैली पाइन्छ। गाउँबाट फुङलिङ बजार पनि राम्रो देखिन्छ। गाउँबाट कञ्चनजंघा हिमाल र पाथीभरा डाँडा देखिन्छ। एसएनभी नेपालको ग्रेट हिमालय ट्रेल विकास कार्यक्रमले हौस्याएपछि ०६९ देखि होमस्टे गरिएको। अग्र्यानिक परिकार पाक्छ भान्छामा। सागसब्जी, आलु, सिजन अनुसार तरकारी, किबि, स्याउ, आल्चा, नासपाती आदि खुवाउँछन्। साँझ साँस्कृतिक कार्यक्रम देखाउँछन्। 
gumba-danda-image-buddha-air-yatra-magazine
कसरी पुग्ने : काठमाडौं–बिर्तामोड बसमा १२ घन्टा। बिर्तामोडबाट बसमा फुङलिङ बजार पुग्न १० घन्टा। काठमाडौंबाट बसले २४ घन्टा लगाउँछ। फुङलिङबाट ४ किमिमा गुम्बा डाँडा। पाथीभरा पुग्न फुङलिङ–काफ्ले पाटी १७ किमि जिपमा। काफ्लेपाटीबाट ६ किमि ४ घन्टा पदयात्रा। 
सम्पर्क : हिमा गुरुङ–९८४२७६९०३३। अगुवा, गुम्बाडाँडा सामुदायिक होमस्टे

chitlang-homestay-image-by-buddha-air-yatra-magazineचित्लाङ 
काठमाडौं नजिकैको सुन्दर गन्तव्य हो मकवानपुरको चित्लाङ। उत्तर दक्षिण फैलेको चित्लाङ उपत्यका काठमाडौं उपत्यकाबाट बाहिरिने पुरानो नाका चन्द्रागिरि भञ्ज्याङ (२,२८० मिटर) मुन्तिर छ। भञ्ज्याङबाट ६ किलोमिटर दुरीमा चित्लाङ पुगिन्छ। गाउँमा नेवार, तामाङ, क्षत्री, बाहुन र बलामीको बसोबास छ। chitlang-homestay-food--image-by-buddha-air-yatra-magazine

त्यहाँ नेपाल पर्यटन वर्ष २०११ देखि होमस्टे गराउन थालिएको। नेवार, ठकुरी र क्षत्रीका ८ घरमा होमस्टे सुविधा छ। गाउँमा केही होटल पनि छन्। 

गाउँमा हेर्ने कुरा धेरै छन्। सम्राट अशोकले ईसापूर्व २७३ मा बनाएको चैत्य छ। तलेजु भवानी कोत, सातधारा, त्रिगजुरेश्वर शिवालय, बाख्रा फार्म, स्वच्छन्द भैरव लगायत सम्पदा छन्। बाख्राको दूधबाट बनेको चिज पनि पाइन्छ। मुला, साग, आलु, भुइँस्याउ लगायत खाद्यान्न राम्रो उत्पादन हुन्छ। 

कसरी पुग्ने : काठमाडौंको थानकोट पार्कपछाडि गोदामबाट जीप चल्छन्। त्यहाँबाट चन्द्रागिरि भञ्ज्याङ हुँदै चित्लाङ पुगिन्छ। बाटो कच्ची छ। गोदाम–चित्लाङ १३ किमि। चन्द्रागिरी केवलकार चढेर भालेश्वर मन्दिर पुगेर तल चित्लाङ झर्न पनि सकिन्छ। 

सम्पर्क : राधाकृष्ण बस्नेत–९८०४३९१८८२। 
अध्यक्ष, चित्लाङ सामुदायिक होमस्टे


 

ताङतिङ
हिमाली सौन्दर्य, कृषिकर्म र गुरुङ जीवनशैली पाइन्छ ताङतिङ (१६८५मिटर) गाउँमा। मादी गाउँपालिका–२ कास्कीमा पर्ने ताङतिङमा दुई सय घर छन्। अधिकांश गुरुङका हुन् भने केही घर दलितका। 
homestay-image-buddha-air-yatra-magazine
गाउँबाट अन्नपूर्ण र लमजुङ हिमाल नजिकै देखिन्छ। त्यहाँ महिलाले भाँग्रा र कम्बल बुनेका दृश्य सामान्य हुन्। बारीमा अग्र्यानिक तरकरी झुलिरहन्छन्। गाउँबाट आधा घन्टा हिँडे नौजु डाँडा भ्यू प्वाइन्ट पुगिन्छ। गाउँको गुम्बामा गौतम बुद्ध, गुरु पद्मसंभव र आर्य अवलोकितेश्वरका मूर्ति छन्। जहाँ बसेर ध्यान र पुजापाठ गर्न सकिन्छ। 

विसं ०६७ देखि गाउँमा होमस्टे थालिएको। आज १३ घरमा त्यस्तो सुविधा छ। पाहुनाको डिमान्ड अनुसार साँझ साँस्कृतिक कार्यक्रम देखाइन्छ। त्यसमा घाटु, सोरठी र लोकनृत्य हुन्छ।

कसरी पुग्ने : काठमाडौं–पोखरा २१० किमि। बसमा ६ घन्टा। पोखराको अमरसिंह चोकबाट काहुँखोला ट्याक्सीमा १० मिनेट। काहुँखोला–ताङतिङ २७ किमि बसमा। काहुँखोलाबाट बिहान ८ र दिउसो ४ बजे बस छुट्छन्। बसमा २ घन्टा लाग्छ। 
सम्पर्क : प्रकाश गुरुङ–९८४६२९३०३६
अगुवा, ताङतिङ सामुदायिक होमस्टे


jyapu-museum-image-buddha-air-yatra-magazineज्यापु   संग्रहालय
काठमाडौं उपत्यकाका आदिवासी हुन् नेवार। विविध कला र संस्कृतिका धनी। नेवार समुदायभित्रका ज्यापु (किसान) मिहिनेती हुन्छन्। तिनै इमान्दार, कर्मयोगी किसानको चिनारी दिन्छ ललितपुरको ज्यापु संग्रहालयले। 

पाटनको च्यासल क्षेत्रमा अबस्थित ज्यापु प्रज्ञा भवनको भुइँतालालाई संग्रहालयमा रुपान्तरण गरिएको हो। जुन नेवार सभ्यता बुझ्ने राम्रो पाठशाला बनेको छ। संग्रहालयमा किसानका पहिरन, गहना, हस्तकला, खेतीपाती, जात्रापर्व, जीवनशैली झल्काउने सामाग्रि सुरक्षित छन्। खेतीपातीमा प्रयोग गर्ने कुटाकोदाला, बाजागाजा, पूजापाठका सामान, पहिरन, भाँडावर्तन, मुडुस आदि सामान सजाइएको छ।

संग्रहालयमा लाइफ साइजका महिला र पुरुषका प्रतिमा पनि सजाइएको छ। त्यतिमात्र होइन नेपालमा पाइने विभिन्न जातजातिका डमी पनि डिस्प्ले गरिएको छ। त्यहाँ अनेकतामा एकताको भावना झल्किन्छ। 

ज्यापु समुदायको अधिकारका लागि लड्न र स्थानीय भाषा, संस्कृतिको संरक्षण गर्न विसं २०५१ सालमा ज्यापु समाज स्थापना गरिएको थियो। संग्रहालय यही समाजले स्थापना गरेको। यसको सञ्चालन ज्यापु समाजले नै गर्छ।

संग्रहालय राम्रो पर्यटन प्रोडक्ट बनिसक्यो। त्यहाँभित्र बसेर अध्ययन गर्न कम्तिमा दुई घन्टा समय छुट्याउनु पर्छ। पाटन दरबार क्षेत्रबाट उत्तरपूर्वमा करिब ७ मिनेट हिँडेमा ज्यापु संग्रहालय पुगिन्छ।
खुुल्ने समय : १० देखि ५ बजेसम्म
टिकट शुल्क : २५ रुपैयाँ। सम्पर्क : ५५४४५८७

प्रकाशित मिति: : 2020-01-11 06:55:20

प्रतिकृया दिनुहोस्