किन टिक्दैनन् काठमाडौंका सडक पिच ?

भोजराज भण्डारी

काठमाडाै‌ं

सामान्य वर्षा भएपछि अहिले काठमाडौंका सानाठूला सबै सडक हिलाम्य भएका छन् । पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुने काठमाडौंका सडकको विशेषता नै बनेको छ । 
राजधानीका सडक केही पिच हुने अवस्थामा छन् त केही भइरहेका पनि छन् । तर कालोपत्रे भइरहेका ती सडकको आयु कति टिक्छ ? के ती सडक कम्तीमा एक वर्ष टिक्छन् ? त्यसमाथि विना तयारी विदेशी पाहुना आउँदा हतारहतार गरिएको कालोपत्रे कति दिन टिक्ला ? 

उपत्यकाको चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडकखण्डबारे वेलावेलामा समाचार आइरहन्छ । स्थानीयको निकै लामो आन्दोलन र चर्काे दबाबपछि यस सडकखण्डको केही भाग कालोपत्रे भयो । तर भएको कालोपत्रे महिना दिन नपुग्दै भत्किन थालिसकेको छ ।  उक्त सडकखण्डको केही भागमा गरिएको कालोपत्रे नटिक्नुमा ठेकेदार कम्पनी र निर्माण व्यवसायीका आआफ्नै तर्क छन् । सडकको स्तर र कमजोर संरचनाका कारण कालोपत्रे टिक्न नसकेको उनीहरूले बताउँदै आएका छन् । यस सडकखण्डमा मुआब्जा वितरणका कारण सबै भाग कालोपत्रे हुन हुन सकेको छैन । तर भएका कालोपत्रे पनि महिना दिन नबित्दै उप्किन र भत्किन थालिसकेको छ । 

प्रकाशित मिति: : 2020-01-11 06:37:11

प्रतिकृया दिनुहोस्