फोहोरको डङ्गुर हटाउने फ्रान्सेली नगरप्रमुखको काइदाको तरिका

यो भिडियो हेर्नुभयो भने तपाईहरुले फोहोर सोह्रेको र थुपारेको मात्र देख्नुहुन्छ। यो भिडियो पेरिसबाट १०० किमी उत्तरमा पर्ने वाज क्षेत्रको लेईन्यभिल नगरपालिकाको हो।  

यी नगरप्रमुख आफ्नो नगरपालिकामा अत्यन्त लोकप्रिय छन्। फ्रान्समा जथाभावी फोहोर थुपार्ने चलन व्याप्त छ र सहरहरुमा यत्रतत्र फोहोर देखिन्छ।  

तर, यो भित्र फ्रान्समा अनाधिकृत तरिकाले फोहोर फाल्नेहरुका विरुद्ध नगरप्रमुख कसरी लाज शरम नमानी जवरजस्ती तरिकाले काम गर्छन् र नागरिकहरु कति सचेत छन् भन्ने बुझ्नुहुन्छ।

कुरो हुन्छ घर बनाउँदा निस्केको टुक्राटुक्री फोहोरको। साहुले कुनै मानिसलाई फ्याँक्नको लागि अह्राउँछन्। त्यो मानिसले कुनै ट्रक भाडामा लिन्छ र दिनभर लगाएर उक्त फोहोर सोरेर जंगल छेउको खेतीयोग्य जमिनमा लगेर थुपार्छ। 
 
तर, त्यो क्रियाकलाप नियालिरहेकी एक महिलाले ट्रकको पछिपछि गएर भिडियो खिचेर नगरप्रमुखलाई पठाउँछिन्।

नगरप्रमुखले महिलाले पछ्याएकाे भिडियो हेर्छन्। पक्का हुन अझै नगरका चोकहरुमा राखिएका केही सिसी क्यामेरा भेरिफाई गर्न लगाउँछन्। ट्रक समातिन्छ। ट्रकमार्फत् ट्रक भाडामा लिने मानिस समातिन्छ। भाडामा लिनेले फ्याँलेको फोहाेर सोर्न आनाकानी गर्छ।

नगरप्रमुखले आफैले ट्रकहरु भाडामा लिएर सबै फोहाेर लोड गरी फोहोर फाल्नेको बगैँचा र घरमा लगेर थुपारी दिन्छन्। अनि भाडामा ट्रक लिदाँ लागेको खर्च र सार्वजनिक जग्गामा जथाभावी फोहोर थुपारेबापत चार हजार युरो जरिवाना लगाउँछन्।

यो भिडियोमा मेयरले भनेका छन् 'आफ्नो फोहोरको जिम्मेवारी आफै लिनुपर्छ। फ्रान्समा फोहोर बिसर्जन गर्ने थुप्रै ठाउँ छन्।'पोहाेरको वर्षपनि केही फोहोरहरु यसैगरी थुपारिएकोले उनीहरुलाई चेतावनी दिएको भन्दै उनले थपेका छन् 'साहुहरुले फोहोर बिसर्जन गर्दा लाग्ने खर्च शुरुमै लिएका हुन्छन् तर उक्त पैसा जोगाउने लोभमा सार्वजनिक ठाउँमा जथाभावी फाेहाेर थुपारी दिन्छन् ता कि नगरपालिकाले उनीहरुको फोहाेर तह लगावोस्।'

उनले भिडियो खिच्ने महिलाको पनि प्रसंशा गरेका छन्। उनले थपेका छन्,'मेरो नगरपालिकामा मानिस चिन्नलाई कुनै समस्या किन छैन भने चोकचोकमा क्यामेरा छन् र हामीबाट उनीहरु उम्किन सक्दैनन्। म बाहेक मेरो नगरपालिकाका वरपरका अरु नगरपालिका पनि यसैगरी काम गर्छन् ।'

फ्रान्समा उनको यो भिडियो भाइरल भएको छ। उनको प्रसंशा गर्दै हजारौले प्रतिक्रिया जनाइरहेका छन् ।

प्रकाशित मिति: : 2020-01-11 00:25:22

प्रतिकृया दिनुहोस्