‘ब्राण्ड स्टोरी सो’ लाई नेपाल टेलिकमको साथ

अमेरिकी मिडिया कम्पनी बिएल मिडिया आइएनसीले आफ्नो नेपाली संस्करणमार्फत नेपाल मित्र्याएको ‘ब्राण्ड स्टोरी’ सोलाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ।

काठमाडौंको होटल अन्नपूर्णमा बुधबार आयोजित विशेष कार्यक्रमबिच सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले औपचारिक सुरूवात गरेको सोलाई राष्ट्रको सञ्चार नेपाल टेलिकमले प्रायोजन गरेको हो।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बिएल मिडियासँग आफूहरू जोडिन पाउँदा खुसी लागेको बताए।

अधिकारीले कुनै पनि संस्था वा व्यवसायको ब्राण्ड स्टोरीले जुनसुकै प्रोडक्टहरू उपभोक्तासामू पुर्‍याउन निकै ठूलो मद्धत पुग्ने भन्दै यो कार्यक्रममार्फत जोडिएर नेपाल टेलिकमका सेवा र सुविधाहरू अन्तर्राष्ट्रिय क्षत्रमा पुर्‍याउन पाउनु आफ्ना लागि महत्वपूर्ण भएको स्पष्ट पारे।

उनले सबै उपभोक्ताको भावनासँग जोडिनका लागि ब्राण्ड  स्टोरीले थप सहयोग पुग्ने उनले विश्वास लिँदै नेपाल टेलिकमको ब्राण्डलाई पनि अन्तर्राष्ट्रिय लेभलमा मार्केटिङ गर्न यो अवसर सबैभन्दा उत्तम भएको तर्क गरे।

सय वर्षदेखि आम पब्लिकमा रहेको आफ्नो इमेजलाई बचाइ राख्न समयसापेक्ष गरेका परिवर्तवबारे उपभोक्तालाई जानकारी गराउन र आफूलाई उपभोक्तामाझ अझै नजिक बनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

नेपाल टेलिकम एउटा स्ट्रङ ब्राण्ड भए पनि अझै आम मानिसमा कसैले नेपाल टेलिकम, कसैले एनटिसी, कसैले दूरसञ्चार मात्र भन्ने गरेको भन्दै अब यसको पनि आफ्नो एउटा स्ट्रङ ब्राण्ड हुने दाबी गरे।

‘यो ब्राण्ड भन्ने चिज ओभरनाइट बन्ने चिज होइन। एउटा व्यक्ति बन्नलाई कति गाह्रो हुन्छ। जन्मेर नमरेसम्म व्यक्ति बन्नका लागि एउटा ठूलो योगदान गर्नुपर्ने हुन्छ, त्यस्तै ब्राण्ड बन्नका लागि पनि धेरै ठूलो संघर्ष गर्नुपर्ने हुन्छ’,अधिकारीले भने।

कुनै पनि ब्राण्ड बन्नका लागि व्यक्तिले आफ्नै कामले र समाजले उसका कामको मूल्याङ्कनबाट मात्र सम्भव हुन्छ। समाजमा मान्छेले गरेका क्रियाकलापले नै उसको पर्सनालिटी बन्ने भन्दै अधिकारीले कुनै पनि संघ संस्थाको ब्राण्ड पर्सनालिटी पनि त्यही हिसाबले बन्ने स्पष्ट पारे।

‘हामी संसारमा एप्पल भन्छौ। त्यो यतिकै बनेको ब्राण्ड होइन। यसको पनि जन्म, हुर्काइ, बढाइ र आम सोसाइटीमा त्यसले छोडेको प्रभावले इमेज क्रिएट गर्छ।  जब इमेज क्रिएट गरिसक्छ। त्यसले प्रोडक्ट सेलमा धेरै ठूलो मद्धत गर्छ।  जस्तो एपलले कुनै एउटा नयाँ प्रोडक्ट ल्यायो भने त्यसको मार्केटिङ गर्नै पर्दैन एप्पलको भन्दिए भइहाल्यो’, उनले भने, ‘अहिले संसारमा ब्राण्डको मूल्याङ्कन कति छ। त्यो ब्राण्डले कुन पोजिसनमा समाजमा काम गरेको छ भन्ने कुरा लेखाजोखा गर्छ। यसैको आधारमा उसले उपभोक्तालाई आकर्षण गर्छ।’

‘नेपाल टेलिकम एक आफैंमा ब्राण्ड हो। तर, राष्ट्रको सञ्चार भन्ने स्लोगन भएकाले राष्ट्रको सुरक्षालाई पनि सम्बोधन गरेको छ।  लिपुलेकमा कुनै सर्विस छ भने नेपाल टेलिकमको सिडिएमएको सेवा छ। हामी लिपुलेक होस वा दक्षिणमा भारतीय सीमा क्षेत्र नै किन नहोस् सबैलाई एकै ठाउँमा जोड्नका लागि हाम्रा सेवाबारे अवगत गराउनुपर्ने हुन्छ’, उनले भने,‘ यी क्षेत्रमा पनि समयअनुसारका सेवा र सुविधा पुर्‍याउनुपर्छ।’

यो ब्राण्डलाई अझै बलियो बनाउनका लागि आम उपभोक्ता, नेपाली जनता र नेपाल र सरकार  र सम्बन्ध निकाय सबैको उत्तिकै महत्वपूर्ण हुनाले नेपाल टेलिकम आफ्नो ब्राण्ड प्रमोसनका लागि सधै अपेक्षा गर्ने उनले बताए।

नेपाल ब्राण्डलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले बिएल मिडियाले उक्त सोलाई नेपालमा भित्र्याएको सो की परिकल्पनाकार मुना श्रेष्ठले जानकारी गराइन्।

ब्राण्डस्टोरीमा नेपाली ब्राण्डका कथालाई समेटिने भन्दै उनले आफ्नो ब्राण्डका बारेमा सबैले बुझ्ने गरी जानकारी दिनु अहिले आवश्यकता भएको औल्याइन्।

प्रकाशित मिति: : 2020-01-11 00:22:44

प्रतिकृया दिनुहोस्