देउवाले गरे महाधिवेशनको मिति फेरबदल गर्न अस्वीकार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७७ साल फागुन महिनामा तोकिएको पार्टीको १४औं महाधिवेशनको मिति फेरबदल गर्न अस्वीकार गरेका छन्। 

बिहीबार असन्तुष्ट कांग्रेस जिल्ला सभापतिहरुसँग आफ्नै निवास बूढानीलकन्ठमा भएको भेटमा उनले महाधिवेशनको मिति फेरबदल गर्न अस्वीकार गरेका हुन्। सभापति देउवाले बहुमतबाट निर्णय लिएका भ्रातृसंगठन, विभाग र विधानका धारा निलम्बनका विषयमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग छलफल गर्ने बताए। 

बरिष्ठ नेता रामचन्द्र पौडेलले परामर्शका नाममा बोलाएको सभापति भेलाका सहभागी सभापतिरुलाई देउवाले बिहिबार बिहान आफ्नै निवास बुढानीलकण्ठ बोलाएका थिए। भेटमा उनीहरूले विधानअनुसार पार्टी चल्नुपर्ने भन्दै देउवाको ध्यानाकर्षण गराएका थिए। प्रवक्ता बिश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुले प्रमुख रुपमा पार्टीका शीर्ष नेताबीच सहमति आवश्यक रहेकोमा जोड दिएको बताए। 

सहमतिबाटै महाधिवेशन हुनेमा ढुक्क हुन पनि आग्रह गर्दै उहाले सहमतिबाटै अघि जानुको विकल्प नरहेको उल्लेख गरे। जिल्ला सभापतिहरूले महाधिवेशनको निष्पक्षताका लागि क्रियाशील सदस्यता छानबिन विशेष समिति गठन गर्न सुझाव पनि दिएका छन्।

प्रकाशित मिति: : 2020-01-10 10:11:55

प्रतिकृया दिनुहोस्