मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँदो वर्षा लम्बिने जनाएको छ। छिटो हिउँदे वर्षा सुरू भएर पनि यस वर्षको हिउँदे वर्षा लम्बिने सम्भावना बढेको हो।
नेपालमा अहिलेसहित तीनपटक हिउँदे वर्षा भइसकेको छ। हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा ह्वात्तै गिरावट नआएपछि चिसो भने लामै समय रहेको अनुमान महाशाखाले गरेको छ।
अझै पनि हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सक्रिय रहेकाले थप वर्षा हुने क्रम जारी रहेको महाशाखाका मौसमविद् मन्जु वासीले बताइन्।
हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा ह्वात्तै गिरावट नआए पनि चिसो भने लामै समय रहने अनुमान महाशाखाले गरेको छ।
पश्चिमी न्यून चापिय प्रणालीका कारण हाल देशका पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी स्थानहरुमा सामान्य बदली रहेको र देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। देशका उच्च पहाडी तथा हिमालीका अधिकांश भू-भागमा हिमपात भइरहेको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७६-०९-२४, बिहान ६:०० बजे)
मौसम विश्लेषण) Meteorological Analysis):-
नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ।
मौसमको अवस्था )Present Weather Status):
हाल देशका पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकि स्थानहरुमा सामान्य बदलि रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमालीका अधिकांश भू-भागमा हिमपात भइरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २४ गते (बिहीबार)
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
पौष २५ गते (शुक्रबार)
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
रातीः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
पौष २६ गते (शनिबार)
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावनाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेकोले, यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुका साथै यात्रा गर्दा सावधानी अपनाउनुहुन सबैमा अनुरोध छ |