राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले भने–इराकमा हाम्रो सेना मारिएका छैनन्

उनले इरानलाई परमाणु शक्ति राष्ट्र बन्ने सपना छोड्न सुझाव पनि दिए। ‘हामी इरानलाई परमाणु हतियार बनाउनै दिँदैनौं,’ ट्रम्पले भने। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै इरानले हालै इराकस्थित अमेरिकी बेसमा गरेको हमलामा कुनै सैनिक नमारिएको स्पष्ट पारेका छन्। उनले गत शुक्रबार इराकमा मारिएका इरानी जर्नेल कासिम सुलेमानीलाई अमेरिकाले पहिले नै मार्नु पर्ने बताएका थिए। सुलेमानीले अमेरिकी क्षेत्रमा हमलाको रणनीति बनाइरहेको पनि उल्लेख गरे। 

अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘हामी इरानलाई कहिल्यै परमाणु शक्ति राष्ट्र बन्न दिन्नौं। म आफ्नो बहादुर सेनालाई अभिनन्दन गर्छु।’

उनले आफ्नो आदेशमा विश्वको सबैभन्दा ठूलो आतंककारी सुलेमानीको हत्या भएको पनि बताए। ‘उ अमेरिकी सैन्य अड्डामा हमला गर्न चाहन्थ्यो। इरानमाथि कडा प्रतिबन्ध यथावत रहन्छ। धन्यबाद भन्नुको सट्टा उनीहरू ‘डेथ टू अमेरिका’ भनिरहेका थिए। सुलेमानीले आतंकलाई बढाउने काम गरे,’ ट्रम्पले आफ्नो भाषणमा भने। 

उनले इरान लचिलो बन्दै गएको भन्दै सम्बन्धित सबै पक्षका लागि यो राम्रो विषय भएको बताए। उनले मध्यपूर्वमा इरानले आतंकवादी गतिविधि नरोकेसम्म यो क्षेत्रमा शान्ति बहाली नहुने बताए। 

‘हामी चाहन्छौं। तपाईहरूको भविष्य राम्रो होस्। हामी शान्ति स्थापना गर्न तयार छौं,’ उनले भने। 

अमेरिकी राष्ट्रपतिले इरानमाथि अतिरिक्त आर्थिक प्रतिबन्ध पनि लगाउने घोषणा गरे। उनले भने, ‘युरोपले पनि इरानसँग परमाणु सन्धीबाट दूरी बनाउनु पर्नेछ। यो मूर्खता हो।’

उनले सुलेमानीको हत्या आतंकवादीविरूद्ध निर्णायक कदम भएको पनि बताए। ‘गत साता हामीले विश्वको सबैभन्दा ठूलो आतंकबादीलाई मारि छोडौं,’ उनले भने। 

उनले इरानलाई परमाणु शक्ति राष्ट्र बन्ने सपना छोड्न सुझाव पनि दिए। ‘हामी इरानलाई परमाणु हतियार बनाउनै दिँदैनौं,’ ट्रम्पले भने। 

उनले सुरक्षा परिषद्का सदस्य राष्ट्र रुस, चीन, फ्रान्स, बेलायत र जर्मनीले अमेरिकाको पक्ष लिनु पर्ने बताए। ‘मध्यपूर्वमा स्थिरता एकदमै जरुरी छ,’ उनले भने। 
 

प्रकाशित मिति: : 2020-01-09 12:47:26

प्रतिकृया दिनुहोस्