रारामा आउन थाले पाहुना चरा

फाइल फाेटाे

नेपालको आकर्षक पर्यटकीय गन्तव्यमा देश विदेशका मान्छेलगायत चराहरु पनि घुम्न आउँछन्। रारा करिब ४९ प्रजातिका चराको लागि रमाइलो ठाउँ हो। उनीहरु एक वर्षमात्र होइन हरेक वर्षजसो आउने गरेको रारा राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ। 

यसैबीच अहिले रारामा बीस प्रजातिका पाहुना चरा आइपुगेका छन्। ती सबै प्रजातिका चरा चिसोमै रमाउन मन पराउँछन्। हरेक वर्ष हिउँदको अत्यधिक चिसो हुने समयमा युरोप, साइबेरिया, तिब्बत र भारतका विभिन्न ठाउँबाट रारामा पाहुना चरा आउने गरेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ।

अहिले विभिन्न प्रजातिका चराको विषयमा अध्ययन अनुसन्धानको लागि विशेष समय छ। यसले पर्यटन प्रवर्द्धनमा पनि जोड दिने निकुञ्जका कर्मचारी पृथ्वी नेपालीले बताए।'अहिले विदेशबाट आएका चरा हेर्न आन्तरिक पर्यटकहरु रारा आउने क्रम बढेको छ', उनले भने,'चरासबन्धि विशेष खालको अध्ययन, अनुसन्धानको गर्ने उपयुक्त मौसम हो।'

पाहुना चराहरु साइबेरिया, मंगोलिया, तिब्बत, नेपाल हुँदै भारतसम्म घुम्ने गरेका छन्।  रारामा तीन सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् भने हिउँदको समयमा अवलोकन गर्दा रारामा १ सय २ प्रजातिका चरा भेटिएको नेपालीले जानकारी दिए।

त्यस्तै रारामा बसाइँ सरेर आउने हाँस प्रजातिका चरा गत मंसिर महिनाबाटै आउने र अरु प्रजातिका चर पनि निरन्तर अनउने क्रम बढिरहेको तथा उनीहरुको बसार्इ चैतसम्म हुने गरेको निकुञ्जले जनाएको छ। 

रारामा रहेका केही चरा गर्मी ठाउँतिर घुम्न निस्केका छन् भने चिसोमा रमाउने कतिपय चराहरु अन्य देशबाट रारामा आइरहेका छन्। सबैभन्दा बढी चरा भारतबाट आउनदे गरेका छन्।  तिब्बत र युरोपका विभिन्न तालमा बस्ने चराहरुको पनि रारामा आउने गरेको निकुञ्जले जनाएको छ। 
 

प्रकाशित मिति: : 2020-01-09 03:17:04

प्रतिकृया दिनुहोस्