९२ औं 'अस्कर फिल्म अर्वाड'मा छानिएको चलचित्र बुलबुल फोपीमा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको चलचित्र बुलबुल पुनः रिलिज भएको छ। गतवर्ष फागुनमा प्रदर्शनमा आएको याे चलचित्र फोपी एप्समा रिलिज भएको हो। चलचित्रका निर्माता अविरल थापाले पहिले हलमा बुलबुल हेर्न नपाएका र नभ्याएका दर्शकहरुलेअत्याधिक माग गरेपछि फोपी एप्समार्फत पुनः प्रदर्शन गरिएकाे बताए।

कहाँबाट कतिजनाले चलचित्र हेरे र कति आम्दानी भयो भन्ने सबै कुरा चलचित्र निर्माता आफैँले पारदर्शीरुपमा हेर्न सकिने हुँदा चलचित्र निर्माताहरुको लागि र दर्शकहरुको लागिपनि घरमै बसीबसी मोबाइलमै आफ्नो समय अनुसार चलचित्र हेर्न पाउनु सुनौलो अवसर भएको थापाले बताए।  

यही चलचित्रबाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनय गरेबापत सार्क फिल्म फेस्टिभल लगायत अन्य घरायसी फेस्टिभलहरुमा साथै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन भने निर्देशक विनोद पौडेलले पनि उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका थिए।

यो चलचित्रले नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको थियो भने संसारका कैयन अन्य चलचित्र महोत्सवमा पनि छानिएको थियो। चलचित्र मानव अभिनेता मुकुन भुषाल , लक्ष्मी बर्देवा ,दीपक क्षेत्रीलगायतको पनि दमदार अभिनय रहेको छ।  

प्रकाशित मिति: : 2020-01-08 23:14:20

प्रतिकृया दिनुहोस्