झापाको विर्तामोड नगरपालिका–५ बाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोहि वडाकै सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ का निवासी २५ वर्षीय किरण खवास रहेका छन्।
सोमबार पक्राउ परेका उनीहरुको साथबाट रु एक हजार दरका दुई थान नक्कली नोट फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।