पोर्तुगलमा गुरुङ समुदायले मनाए तमु ल्होसार

पोर्तुगलमा गुरुङ समुदायले तमु ल्होसार मनाएका छन्। लिस्बनको लुमियारमा रहेको राधाकृष्ण मन्दिरको सभाकक्षमा सोमबार साँस्कृतिक कार्यक्रमसहित २६०४ औं (च्युल्हो)मुसा वर्ग ल्होसार मनाएका हुन्।

कार्यक्रममा जनजाति महासंघ पोर्तुगलका अध्यक्ष हेम बहादुर गुरुङले राज्यको विभेदकारी व्यवहारले जनजाति पछि परेको बताए।

पोर्तुगलमा दिनहुँ नेपालीको सङ्ख्या बढि रहँदा नेपालीलाई परेका विभिन्न समस्या समाधानका लागि आकस्मिक अक्षयकोष खडा गर्न माग गरे।

साँस्कृतिक कार्यक्रममा नेपालबाट आएका भूमि गुरुङ लगायत स्थानिय कलाकारहरुले आआफ्ना गीत र नाचहरु प्रस्तुत गरेका थिए। तमु भेषभूषासहित  बाक्लो सङ्ख्यामा उपस्थित तमु र गैह्र तमु सहभागीहरु कलाकारहरुका प्रस्तुति दिएका थिए।

लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकर हमाल, मानार्थ पर्यटन दुत रमेशकुमार गुरुङ, गैह्र आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरे लगायतले शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति: : 2020-01-07 20:00:13

प्रतिकृया दिनुहोस्