सोमबार, १५ डिसेम्बर २०२५

शेर्पा किदुकमा प्लाष्टिक प्रयोगमा प्रतिबन्ध

सञ्जाेग आचार्य

सञ्जाेग आचार्य

न्यूयोर्क
News Image
• • •

नेपाल भ्रमण वर्ष २०२० मा सकारात्मक सन्देश फैलाउने उद्धेश्यले न्यूयोर्कको ज्याक्सन हाइटमा रहेको शेर्पा किदुकले सोमबारदेखि प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको  छ।

अमेरिकाकामा बसोवास गर्ने शेर्पा समुदायको आस्थाको केन्द्रको रुपमा रहेको किदुकमा अब प्लाष्टिक प्रयोग गर्न नपाइने भएको छ ।

शेर्पा किदुकका अध्यक्ष उर्गेन शेर्पाले बिएल नेपाली सेवासँगको कुराकानीमा प्लाष्टिक प्रयोगले संसारभर मानव मात्र नभएर प्राणीमासमेत पर्दै गएकाले यसको प्रयोग नगर्ने निर्णय भएको बताए।

नेपाल भ्रमण वर्ष सफल पार्न सगरमाथा, लुम्बिनीलगायत पर्यटकीय क्षेत्रमा पनि प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने शेर्पाको भनाई छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!