वीरगञ्जमा ५ दिने सूचना प्रविधि प्रर्दशनी क्यान इन्फोटेक–२०२० आयोजना हुने भएको छ। संस्करण क्यान इन्फोटेक माघ ९ गतेदेखि १३ गतेसम्म वीरगञ्जस्थित नगरसभा गृह (टाउन हल)मा आयोजना गर्न लागिएको हो ।
प्रदेश स्तरीय सुचना, प्रबिधि र सञ्चारको व्यापकतालाई समेट्ने गरी कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्सा र क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा इन्फोटेकको आयोजना गर्न लागिएकाे आइतबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको क्यान पर्साका अध्यक्ष दिपक साहले बताए ।
'यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्र्रियाको एक प्लाटफर्म सिर्जना गर्ने छ।', उनले भने 'ग्राहकसँगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन्।' स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरुवीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि लिएको उनले जानकारी दिए।
क्यान इन्फोटेक २०२० मा आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका विद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुने उनले बताए।
प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्ने आयोजकले बताएका छन्। अवलोकनकर्ताले एकै थलोमा नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद पनि गर्न पाउनेछन्।
अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्यशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा खरिद गर्न सकिनेछ।
त्यसैगरी, आर्र्ट्फििसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने जनाइएको छ।
गत वर्ष करिब २० हजार भन्दा बढीले अवलोकन गरेको यस मेलामा यो वर्ष ५० हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा uगरेकाे आयोजकले जनाएकाे छ।