चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा आइतबार बिहान पोथी गैँडा मृतावस्थामा भेटिएको छ।
उक्त गैँडा कार्यालयको लामिचौर वन उपभोक्ता समितिअन्तर्गत कावासोती नगरपालिका १० चिलाहामा मृत फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती बताए।
स्थानीयवासीले बाली संरक्षणका लागि राखेको विद्युतीय धरापमा परी अन्नबाली खान आएका गैँडा मरेको उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले जानकारी दिए। चालु आर्थिक वर्षमा छ गैंँडा कालगति र विभिन्न कारणले मरेको निकुञ्जले जनाएको छ।