राष्ट्रियसभा निर्वाचन: उम्मेदवारहरुले गराए मनोनयन दर्ता

बिएल संवाददाता

काठमाडाै‌ं

माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्।

प्रदेश ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बेदुराम भुषाल र गंगा बेल्बासे मनोनयन दर्ता गराएका छन्। त्यस्तै नेपाली कांग्रेसका हरिशरण श्रेष्ठ र छलिकुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ र गीता काफ्लेले मनोनयन दर्ता गराएकबा हुन्।  

मनोनयन दर्तापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार वेदुरामा भुषालले प्रतिनिधि सभाले गरेको कामलाई राष्ट्रिय सभाले हेर्ने भएकोले कानून निर्माणमा भएका कमजोरीहरुलाई सुधार्न भूमिका रहने बताए।

नेपाली कांग्रेसका उम्मेदवार हरिशरण श्रेष्ठले प्रतिनिधि सभाले पास गरेका गलत खालका कानूनको सुधारमा आफ्नो भूमिका रहने बताए।

प्रकाशित मिति: : 2020-01-06 05:34:57

प्रतिकृया दिनुहोस्