बिएल संवाददाता
जुम्लाको तिला, रारा लिही र हिमा गाउँपालिकाका स्थानीयवासीले निगालोबाट निर्मित सामग्री बनाउन थालेका छन्। पेस नेपालको सहयोगमा स्थानीयस्तरमै उत्पादन हुने निगालो बाँसबाट दैनिक प्रयोगमा आउने डोको, नाङ्लो, मुढा, टोकरी, डालोलगायतका सामग्री बनाउन थालिएको हो।
'घरायसी प्रयोगमा आउने सामग्रीको अध्ययन गर्नका लागि एकमहिने तालीम दिएका हौँ।', संस्थाका अध्यक्ष किशोर न्यौपानेले भने। तालीमबाट स्थानीयवासीले राम्रो काम गरेको र उनीहरुलाई व्यवसायमा कुनै कुराको सहयोग गर्न आफू र आफ्नो संस्था तयार भएको उनले बताए।
नेपालगञ्ज र सुर्खेतबाट आयात हुने गरेको मुढा, दराज, कुर्सी, डोका र नाङ्लो जस्ता सामग्री गाउँमै उत्पादन हुन थालेपछि स्थानीयवासीको जीवनस्तरमा सुधार आउने हिमा गाउँपालिका–६ का जनकबहादुर रोकायाले बताए। गाउँमै सामग्री निर्माण हुन थालेपछि उद्योग दर्ता गरी सञ्चालनमा ल्याउने तयारीमा रहेको उनले बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया