एजेन्सी
इराकको राजधानी बगदादमा शनिबार राती अमेरिकी बेस क्याम्पमा रकेट लञ्चरद्धारा आक्रमण गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी बेस क्याम्पमा भएको हमलाप्रति कडा प्रतिक्रिया दिँदै इरानलाई चेतावनी दिएका छन्।
ट्रम्पले एक ट्वीटरमार्फत भनेका छन्, ‘उनीहरूले हामीमाथि आक्रमण गरेका थिए, जसको जवाफ हामीले दियौं। फेरि पनि हामीमाथि आक्रमण हुन्छ भने म उनीहरूलाई सल्लाह दिन्छु, त्यसो नगर। यदी गर्यौ भने त्यसको नतिजा अहिलेसम्म तिमीहरूले भोगेको हुने छैनौं।’
यो घटना हुनुअघि शनिबार ट्रम्पले अमेरिकासँग इरानको ५२ वटा स्थानलाई निशाना बनाउने नक्सा भएको बताएका थिए। उनले भनेका थिए, ‘यदी इरान आफ्नो सैन्य कमान्डर जर्नेल सुलेमानीको हत्याको बदला लिन अमेरिका र अमेरिकी सम्पत्तिमाथि क्षति पुर्याउने सोचिरहेको भने म भन्न चाहन्छु– उसको ५२ वटा विशेष ठाउँको विषयमा हामी जानकार छौं।’
इरान र अमेरिकाको बढ्दो वैमनश्यताले गर्दा मध्यपूर्वको राजनीति तातिएको छ। ट्रम्पको व्यवहारमा कुनै परिवर्तन देखिएको छैन। उनले ट्वीटरमार्फत इरानविरूद्ध दृढताका साथ उभिने बताएका छन्।
शनिबार बगदादमा निकै सुरक्षित मानिएको ग्रीन जोन र अल–बलाद एयरबेसमा रकेट र मोर्टारद्धारा हमला गरिएको थियो। हमलाकारी को थिए? त्यो स्पष्ट भइसकेको छैन। तर, कासिम सुलेमानीको हत्यापछि इरानले सम्भावित कार्यवाही स्वरुप यो घटना गरेको आशंका गरिएको छ। सुरक्षा अधिकारीले ग्रीन जोनमा दुई वटा मोर्टार रर एयरबेसमा दुई वटा रकेट लञ्चरले हमला भएको बताएका छन्। ग्रीन जोनमा अमेरिकी दूतावास छ। घटनाकाे सम्पूर्ण जानकारी बाहिर आएकाे छैन।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया