काठमाडौं - तीन दिनयता पटक–पटक भएको हिमपातका कारण चिसो बढेर हिमालीसहित उच्चपहाडी भूभागको जनजीवन प्रभावित भएको छ।
हिमपातका कारण ती क्षेत्रमा यातायात सेवा र विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ। अत्यावश्यक कामबाहेक मानिस घरबाहिर निस्किएका छैनन्।