बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ।
वन गस्ती गर्ने क्रममा बराह क्षेत्र नगरपालिका–३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय पे्रम कार्कीलाई पक्राउ गरिएको बराह सबडिभिजन वन कार्यालय चतराका अधिकृत शिवलाल बिकले जानकारी दिए।
नडाहा चतरा सडकखण्डमा रहेको हरिणेखोलास्थित सडकदेखि १५० मिटरभित्र जङ्गलमा उनीहरुलाई हतियारसहित टोलीले फेला पारेको वन अधिकृत शिवलाल बिकले जानकारी दिए।
उनीहरुका साथबाट एक भरुवा बन्दुक, एक खुकुरी, एक चुप्पी र १४ थान बन्दुकको गोली, दुई बट्टा बारुद तथा डोरी बरामद गरिएको छ।