एजेन्सी
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले तीब्र गतिका बलर नसिम शाहको नाम युथ–१९ विश्व कप टोलीबाट फिर्ता लिएको छ। १६ वर्षीय नसिमले पाकिस्तानको टेस्ट टिममा डेब्यु गरिसकेका छन्।
उनलाई कलिलो उमेरमै सन् २०१९ को नोभेम्बरमा अस्ट्रेलियाविरूद्ध डेब्यु गराइएको थियो। उनले तीन टेस्ट खेलिसकेका छन्।
उनको स्थानमा अब पाकिस्तानको युथ–१९ टिममा मोहम्मद वसिमलाई समावेश गरिएको छ।
नसिमलाई यसअघि युथ–१९ टिममा समावेश गरिदा निकै आलोचना भएको थियो। यस वर्ष विश्व कप दक्षिण अफ्रिकामा १७ जनवरीदेखि ९ फेब्रुअरीसम्म हुदैछ।
नसिम अहिले वकार युनिसको प्रशिक्षणमा आफ्नो क्षमतालाई तिखारिरहेका छन्। उनलाई बंगलादेशविरूद्ध घरेलु शृंखलाका लागि पाकिस्तानी टिममा समावेश गरिएको छ।
यस पालि युथ–१९ विश्व कपअन्तर्गत समूह ‘ए’ मा भारत, श्रीलंका, न्युजिल्यान्ड र जापान समावेश छन्। यस्तै, समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड, वेष्ट इन्डिज, नाइजेरिया, समूह ‘सी’ मा पाकिस्तान, बंगलादेश, जिम्बाबे, स्कटल्यान्ड र समूह ‘डी’ मा अफगानिस्तान, दक्षिण अफ्रिका, युएई र क्यानडा समावेश छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया