१६औं लेखनाथ महोत्सव: कर्माचार्य ग्रुपको तेल र कोको बिस्कुटको स्टलमा उपहार

कर्माचार्य ग्रुपले पोखरामा समपन्न भएको १६औं लेखनाथ महोत्सव–२०७६ मा आफ्ना स्टलको अवलोकन गर्ने ग्रहाकहरुलाई विभिन्न उपहार प्रदान गरेको छ। 

मेलामा १ लिटरदेखि माथिका कोसेली हेल्थ सनफ्लावर तेल खरिद गर्ने ग्रहाकहरुलाई आकर्षक उपहार बितरण गरिएको कोसेली हेल्थका ब्रान्ड म्यानेजर निकेश श्रेष्ठले जानकारी दिए। उनले यसका साथै स्टलको अवलोकन गर्नेलाई कोको बिस्कुटको फ्रि टेस्ट समेत गराइएको बताए। 

मेला पुस ३ देखि १५ गतेसम्म तालचोकमा चलेको थियो। कृषिका माध्यमबाट देशको विकास तथा जनताको जीवनस्तर उकास्न सहयोग पुर्याउन मेलाको आयोजना गरिएको थियो। 

प्रकाशित मिति: : 2020-01-03 00:14:45

प्रतिकृया दिनुहोस्