१३ वर्षमा बदलिएका उपेन्द्र

०६३ देखि ०७६ सम्मको १३ वर्षमा उपेन्द्र यादवको राजनीतिक मिसन, कार्यशैली र निर्णय प्रक्रिया मात्रै बदलिएन यादवका सहकर्मी पनि फेरिए

तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएको केही महिना मात्रै भएको थियो, १ माघ ०६३ मा देशले अन्तरिम संविधान पायो । तर, संविधानले आफूहरूको माग सम्बोधन नगरेको भन्दै मधेस जल्यो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेसका आन्दोलनकारीलाई आश्वस्त पार्न दुईवटा सम्बोधन गरे । मधेस आन्दोलनको आगो निभाउन आन्दोलनका एक अगुवा उपेन्द्र यादवलाई सिंहदरबारले खोज्यो । सरकार र आन्दोलनकारीबीच अन्तरिम संविधान, २०६३ मा संघीयता थप्ने सहमति भयो । 

तर, सहमति कार्यान्वयन भएन । मधेसमा शक्ति विस्तारको योजनासहित यादव दोस्रो मधेस आन्दोलनको तयारीमा जुटे । ०६४ को माघ अन्तिम सातातिर सुरु भएको दोस्रो मधेस आन्दोलनले संविधानसभाको चुनाव नै प्रभावित हुने अवस्था आयो । त्यतिवेला यादव सरकारसँग हतारमा सम्झौता गर्ने मनस्थितिमा थिएनन् । त्यसैले उनले काठमाडौं छाडे, वीरगन्ज गएर बसे । काठमाडौंमा महन्थ ठाकुर र राजेन्द्र महतोलगायत नेता थिए । फेरि पनि सिंहदरबारले यादवलाई खोज्यो । सेनाको हेलिकोप्टरबाट रातारात उनलाई वीरगन्जबाट काठमाडौं ल्याइयो । र, १६ फागुन, ०६४ मा आठबँुदे सहमति भयो ।

प्रकाशित मिति: : 2020-01-02 20:32:47

प्रतिकृया दिनुहोस्