१३ लाख रुपैयाँ फिरौती रकम माग्ने व्यक्ति पक्राउ

१३ लाख रुपैयाँ फिरौती रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ५ राङकोट्का ३४ वर्षीय राजकुमार दमाइ रहेका छन्।  

उनलाई एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली एक थान र एउटा मोटरसाइकलसहित दाङको घोराहीबाट बुधबार बेलुकी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।  

राजकुमारले एक हप्ताअघि घोराही उपमहानगरपालिकाको वीपी चोकका एक व्यक्तिसँग १३ लाख रुपैयाँ फिरौती मागेको र ३ लाख रुपैयाँ दिँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

ती व्यक्तिले राजकुमारले आफूसँग फिरौती रकम मागेको जानकारी प्रहरीलाई गराएका थिए। फिरौती रकम बापतको ३ लाख नक्कली रुपैयाँ लिन आएको अवस्थामा राजकुमार पक्राउ परेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-01-02 20:12:35

प्रतिकृया दिनुहोस्