त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले १ जना भारतीय नागरिकलाई पक्राउ गरेको। पक्राउ पर्नेमा भारतको महाराष्ट्रका घर भई आर ७६३८८७३३ नम्बरको राहदानी बाहक हरीराम नेपाली छन्।
फ्लाइ दुबई एयरलाइन्सबाट काठमाडौं ओर्लिएका उनलाई विमानस्थल प्रहरी र भन्सार कार्यलयले मंगलबार विहान आधा केजी सुनसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार अनुसार उनले मलद्वारमा लुकाएर दुई टुक्रामा गरी ५ सय ग्राम सुन भित्र्याउन खोजेका थिए।
पक्राउ परेका हरीरामलाई थुनामा राखि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।