बारामा जाडोले कठ्याङ्ग्रिएर दुईको मृत्यु

बाराको पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वामा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५५ वर्षीय शिवमंगल हजरा तथा नारायण यादव छन्। मनिहर्वा विद्यालयका प्रधानाध्यापक हरिराज यादवका अनुसार गएराति खाना खाएर सुतेका दुवैजना बिहान मृत अवस्थामा फेला परेका थिए।

प्रधानाध्यापक यादवका अनुसार दुवै जनाको आर्थिक स्थिति कमजोर रहेको र न्यानो कपडा नहुँदा चिसो लागेर मृत्यु भएको हो।

यता जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उनीहरु दुवै जना जाडोले नै कठ्यांग्रिएर मृत्यु भएको आधिकारीक रुपमा पुष्टि हुन बाँकी रहेको बताए।

प्रकाशित मिति: : 2019-12-31 08:36:14

प्रतिकृया दिनुहोस्