हतियारसहित विप्लवका तीन कार्यकर्ता पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यिुनिष्ट पार्टी मोरङका इन्र्चाजसहित तीन जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ।

मोरङ प्रहरीबाट खटिएको टोलीले विप्लव समूह मोरङका इन्चार्ज सुन्दरहरैँचा नगरपालिका –१० का ५० वर्षिय कृष्ण भनिने नरेश चौलागाई, जिल्ला सदस्य विराटनगर ८ मा ३० वर्षिय छितिज पौडेल र पथरीशनिश्चरे नगरपालिका–३  सिद्धार्थ टोलका ५६ वर्षीय  चिरिञ्जिव धिताललाई पक्राउ गरेको हो।  

उनीहरुले बेलबारी नगरपालिका – ५ रामपुर स्थित सुनसरी–मोरङ आयोजनाको नहर केराघारीमा लुकाई राखेको १ थान कटुवा पेस्तोल र २ थान गोली बरामद गरिएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।

प्रहरीले उनीहरु मध्ये चौलागाई र पौडेललाई गत शुक्रबार मोरङको बेलबारी – ५ कसेनीबाट पक्राउ गरेको हो। धिताललाई प्रहरीले आइतबार पथरीबाट पक्राउ गरेको हो। सबै जनालाई आइतबार मात्रै सार्वजनिक गरिएको छ।

विप्लव समूहका कार्यकर्ताहरू हातहतियारसहित चन्दा असुल गरेर हिँड्ने सूचना आएपछि उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई प्रहरीले आइतबार मोरङ अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

पक्राउ परेका विप्लव समूहका इन्चार्ज चौलागाइले गत भदौ २१ गते सुनसरीको इटहरी उपमहानगरपालिका –९ स्थित गोदावरी स्कुलको कम्पाउण्डमा बम बिष्फोट गराएको आरोपमा इप्रका इटहरीले अनुसन्धान गर्दै आएको बताइएको छ।

यस्तै गत भदौ २३ गते झापा विर्तामोङ नगरपालिका २ चारपाने चोक स्थित सहारा नेपाल सहकारी संस्थामा बम बिष्फोटमा संलग्न भएको प्रहरीको आरोप छ। उनीमाथि  बिर्तामोट प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ  ।
 

 

प्रकाशित मिति: : 2019-12-31 02:49:40

प्रतिकृया दिनुहोस्