वीरगन्जको सिद्धार्थ स्कुलमा २ दिने निःशुल्क स्वास्थ्य शिविर

तस्बिरः बिएल नेपाली सेवा

आशा किरण केन्द्रले वीरगन्जको सिद्धार्थ स्कुलमा २ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

कार्यक्रममा १ सय ५० जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको र ती मध्ये ५५ जनालाई मस्तिष्क पक्षघात देखिएको केन्द्रका सदस्य राजन श्रीवास्तवले जानकारी दिए।

आँखा, नाक, कान, दाँत, घाँटी, फिजिसियन, बालरोग विशेषज्ञसहित १२ जना चिकित्सकको टोली स्वास्थ्य शिविरमा आएका थिए।

शिविरमा चेकजाँच गराउने विरामीलाई निःशुल्क औषधिको समेत व्यवस्था मिलाईएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी महानगरका नगरप्रमुख विजयकुमार सरावगीले केन्द्रले सुस्त मनिस्थिति, मस्तिष्क पक्षघात भएका बालबालिकाको क्षेत्रमा गर्दै आएको कार्य निकै उल्लेखनीय रहेको प्रशंसा गरे। उनले आगामी दिनमा महानगरपालिकाले समन्वय गरि पर्साका यस्ता प्रकारका बालबालिकालाई सेवा एवं सहयोग पुर्‍याउने प्रतिबद्धता गरेका छन्।

बालबालिकालाई सबल बनाउन यो संस्था यस्ता कार्यक्रमहरू सञ्चालन गरेको भन्दै शिविर सञ्चालनका लागि सहयोग गर्ने सबैलाई संस्थापक सुनिल गुप्ताले धन्यवाद दिए।

संस्थाको आर्थिक प्रगति प्रतिवेदन महासचिव ममता राजकर्णिकारले प्रस्तुत गरेकी थिइन्।

२ दिनसम्म सिविरको अन्तिम दिन केन्द्रका अध्यक्ष पृथ्वी राजभण्डारीले बालबालिकाको लागि सेवा प्रदान गरिने यो संस्थाप्रति सबैको सकारात्मक सोच र सहयोग रहेको भन्दै आउने दिनमा समेत साथ र सहयोगको अपेक्षा गरे।

प्रकाशित मिति: : 2019-12-30 21:23:03

प्रतिकृया दिनुहोस्